थप नेपाल समाचार
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
बार्षिक १ दशमलब ६ अर्ब बराबरको नेपाली उत्पादन अष्ट्रेलियामा आयात गरिदै
बुधबार, साउन १६, २०८१
भर्खरै
- ग्रानभील पार्कमा दिपक बज्राचार्य र एलीना चौहानको धमाका हुने
- सिड्नीको रोजहिलमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुँदै
- ग्रानभीलमा खुल्यो “रातो घर” रेस्टुरेन्ट
- ग्रेटर सिड्नी नेपाली मल्टिकल्चरल सेन्टरको साधारण सभा सम्पन्न, विष्णु हमाल अध्यक्षमा चयन
- रुपन्देही सामाजिक सञ्जाल अस्ट्रेलियामा रञ्जिता भण्डारीको नेतृत्व
उनले अस्ट्रेलिया संगको ब्यापारघाटा कम गर्न कसरि सकिन्छ भन्नेतर्फ दुताबासले गृहकार्य गरिरहेको बताउदै नेपालको पर्यटन ,कला ,सस्कृतिको प्रबर्धन गर्न एनआरएनए ,तथा यहाका विभिन्न सामाजिक सस्थाले पुर्याउदै आएको भूमिका प्रसंसनिय रहेको उल्लेख गरिन । हरेक दुइदुइ बर्षमा हुने नेपाल फेस्टिभल कार्यक्रम हाम्रो एउटा सिग्नेचर कार्यक्रमको रुपमा स्थापित भैसकेको बताउदै आगामी दिनमा फुड फेस्टिभल गरेर नेपाली खाना र परिकार को प्रबर्धन गर्ने तर्फ जोड दिनु पर्ने खाचो आउल्याइन । राजदुत शेर्पाले नेपाल र अस्ट्रेलियाको कुटनैतिक समन्धलाई अझ उचाइमा पुर्याउन अस्ट्रेलियाबाट उच्च तहको नेपाल भ्रमण गराउने समन्धमा कुराकानी भैरहेको जानकारी दिइन । आफ्नो एक बर्षे कार्यकालमा यहाका विभिन्न राज्यहरुमा रहेका नेपाली कन्सुलेट जनरल कार्यालय लाइ अज बढी सक्रिय कसरि बनाउन सकिन्छ भन्ने तर्फ जोड दिएको , विद्यार्थीका समस्याको समाधनका उपायका बारेमा सरोकार वालाहरुसंगको छलफल तिब्र बनाइएको ,पाको फेस्टमा नेपालको उपस्थितिलाई प्रभावकारी बनाइएको , दुताबासको लागि जग्गा खरिदकार्य सम्पन्न गरिएको बारेमा पत्रकारहरुलाई जानकारी दिइन ।
पत्रकार सम्मेलनमा दुताबासको दैनिक कार्यसंचालन पहिलेको तुलानामा धेरै चुस्त र दुरुस्त पारिएको र सिमित स्रोत साधनका बाबजुद पनि दुताबासबाट अझ प्रभावकारी सेवा प्रदान गर्न कसरि सकिन्छ भन्ने तर्फ दुताबास कर्मचारी लागि परेको शेर्पाले बताइन । सिड्नी ,मेलबर्न ,ब्रिसबेन ,एडिलेड र क्यानबेरामा रहेर विभिन्न संचार माध्यममा कार्यरत पत्रकारहरुको सहभागिता रहेको उक्त पत्रकार सम्मेलनमा दुताबासका डेपुटी चिफ अफ द मिसन द्रुपदा सापकोटाले सहभागी संचारकर्मीलाई स्वागत गरेकी थिइन् । उक्त अवसरमा संचारकर्मीहरुलाइ दुताबासले हालै खरिद गरेको जग्गाको अबलोकन समेत गराइएको थियो ।