थप LEADING_MAIN
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
नेपालि कांग्रेसका पूर्व महासमिति सदस्य सम्भु पोखरेलले प्रजात्रन्त्र प्रति आस्था राख्ने साथिहरुबिच बेला बेलामा देखिने बिबाद र मनमुटाबले आफ्नै संगठनलाई कमजोर बनाउने बताउदै हामि बिच केहि कमि कमजोरी छन् भने आपसी छलफलबाट त्यसलाई हटाउनु पर्नेमा जोड दिए । एनएडीएफका अध्यक्ष बिबेक थापाले प्रजातन्त्रको सुद्रिधिकरण र देस बिकासको अभियानमा नेपालि कांग्रेसले बलियो र प्रभावशाली भूमिका खेल्नुपर्ने बताए । उनले यसपटकको निर्बाचनमा पार्टी हार्यो भनेर नेता तथा कार्यकर्ता निरास नभई यो पाच बर्सको अवधिलाई संगठन बिस्तार अभियानलाई अझ सशक्त बनाउन तर्फ पार्टी नेत्रित्वले जोड दिनु पर्ने खाचो औल्याए । एनआरएन अस्ट्रेलिया र एनएडीएफका पूर्व अध्यक्ष सुरेन्द्र सिग्देलले पार्टी मा देखिएको अनुशासनहिनता र जिम्मेवारिहिनता लाइ रोक्न नेतृत्व तहबाटै सुरुगर्नु पर्ने बताउदै पार्टी लाइ सशक्त रुपमा अगाडी बढाउन अनुशासन र कर्तव्यबोधले ठुलो भूमिका खेल्ने बताए । उनले संसारभर छरिएर रहेका कांग्रेस का कार्यकार्ता हरुलाई पार्टीमा गोलबन्ध गर्न किन्द्रिय नेतृत्व ले बिशेस पहल गर्नु पर्ने बताए । कार्यक्रममा एन आर एन अस्ट्रेलिया का उपध्यक्ष नन्दु गुरुङले नेपालको आर्थिक ताथा सामाजिक बिकासको लागि एन आर एन अस्ट्रेलिया ले सक्दो सहयोग गर्दै आएको बताउदै आगामी दिनमा पनि स्वास्थ्य ,सिक्षा लगाएतका क्षेत्रमा काम गरिने उल्लेख गरे । सस्थाका उपाध्यक्ष पुर्णनाथ घिमिरे द्वारा संचालन गरिएको उक्त कार्यक्रममा सस्थाका पूर्व अध्यक्षहरु छिरिंग तेन्जी लामा,बि सी भट्टराई ,सस्थाका महासचिब माधव गैह्रे ,कोशाध्यक्ष सत्यप्रकास कँडेल ,प्रकास जी सी ,सितल खाड ,ज्ञानेन्द्र रेग्मी लगाएतका बक्ताहरुले आ आफ्नो धारणा राखेका थिए ।