नेभिगेशन
सम्पादकीय

सरकारी धनमा फुपुको श्राद्ध

अस्ट्रेलिया मा यतिखेर पूर्व हुने संघारमा रहेका नेपालका मन्त्रिहरूको ताँती लागेको छ । मन्त्रि मात्रै होइन आसेपासे र कर्मचारीसमेत मन्त्रीहरुको भ्रमण टोलीमा सवार छन् । अध्ययन अवलोकन भ्रमणको नाममा हुने गरेका यस्ता खालका भ्रमणले देशले केही उपलब्धि पाउन नसकेको यथार्थ सबैको सामु जगजाहेर नै छ । मन्त्रि तथा कर्मचारीको यस्तो खालको भ्रमणको लागि सरकारले मन्त्रालय र विभागहरुलाई वार्षिक दुई करोडदेखि पाँच करोड रुपयाँ चुत्याउँदै आएको छ । त्यही रकमलाई खर्च गर्ने निहँु पारी यसपटक अस्ट्रेलियामा अर्थ राज्यमन्त्रि उदय सम्शेर राणाको नेतृत्वमा मेल्बोर्न हुँदै सिड्नी आइपुगेको छ । त्यसैगरी कृषि विकास मन्त्रालयका सचिव डा. सुरोज पोखरेलको नेतृत्वमा यही महिनाको तेश्रो हप्तामा अस्ट्रेलिया आउँदैछ । त्यसैगरी पर्यटन मन्त्रालयका सहसचिव डन्डु घिमिरेको नेतृत्वमा पनि एउटा जम्बो टोली यता आउँदैछ । त्यति मात्रै होइन संचार मन्त्रालयका सचिव केदार बहादुर अधिकारीको नेतउत्वमा रहेको टोली अहिले अस्ट्रेलिया भ्रमणमा छ । भ्रमण नियमावली अनुसार कर्मचारीले भ्रमणबापत् पाउने रकमबाट नै उनीहरुले पाउने भत्ताबाट नै बिदेश जाँदा लाग्ने सम्पूर्ण खर्च व्यहोर्नु पर्ने ब्यबस्था गरेको छ । तर भ्रमणमा आउने अधिकांश मन्त्रि तथा कर्मचारीहरु कि त आफन्तको मा खाने बस्ने गर्छन् कि त आफु नजिककोसँग संस्थाका पधाधिकारीलाई ब्यबस्था गर्न दबाब दिने गर्दछन् । विदेश भ्रमणमा जाने विषयमा विवाद गर्ने ठाउँ रहदैन तर किन र के कारणले भ्रमण गरिन्छ त्यो कुराले महत्व राख्दछ । सरकारी ढुकुटी खर्च गरेर भ्रमण गरिसकेपछि कमसेकम राष्ट्रले भ्रमण टोलीबाट केही न केही पाओस् भन्ने हो । मन्त्रि, नेता तथा सरकारी कर्मचारी अध्ययन भ्रमणको निहुँ बनाएर विदेश सयर गरेको यो कुनै नौलो होइन । हाम्रो देशका प्राय नेता तथा मन्त्रीहरु अस्ट्रेलिया मात्र होइन संसारका धेरै मुलुक घुमिसकेका छन् । तर जनताले महसुस गर्ने मुलुकलाई कुन क्षेत्रमा सुधार गर्न सके भन्ने प्रश्न प्रवासमा रहेका नेपालीमनहरुले गर्नु अस्वभाभिक होइन । राष्ट्रको ढुकुटीबाट भ्रमण गर्ने अनि उपलब्धि शून्य हुने खालका सबै भ्रमणको हामीले खुलेर बिरोध गर्नुपर्दछ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
नेपाल न्युज अष्ट्रेलिया १३ औं वर्षमा 

नेपाल न्युज अष्ट्रेलिया १३ औं वर्षमा 

सामाजिक सञ्जालको बिकास अनि विस्तारले छापा पत्रकारिता मात्रै होइन समग्र पत्रकारिता नै ओझेलमा पर्न गएको यथार्थ पृष्ठभूमिमा उभिएर सच्चा संचारकर्मीको धर्म निर्वाह गर्न कम्ति कठिन छैन ।
हरितालिका तीजको शुभकामना 

हरितालिका तीजको शुभकामना