थप नेपाल समाचार
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
बार्षिक १ दशमलब ६ अर्ब बराबरको नेपाली उत्पादन अष्ट्रेलियामा आयात गरिदै
बुधबार, साउन १६, २०८१
भर्खरै
- औपचारिक जिम्मेवारी सकिए पनि नेपाली समुदायप्रतिको सेवाभाव जारी रहनेछ: दिनेश खड्का, निवर्तमान वाणिज्यदुत
- अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवसका अवसरमा सिड्नीमा मिडिया टक’ तथा नेपाल न्युज अष्ट्रेलियाको १२औँ वार्षिकोत्सव सम्पन्न
- नेपाली उद्यमी र पेशेवरलाई जोड्दै ‘National Entrepreneur Conference 2026’ भोलि सिड्नीमा
- नेपाल चिनाउन अष्ट्रेलियामा ३० मे मा अन्तर्राष्ट्रिय एभरेष्ट डे आयोजना गरिने
- सिड्नीको Taronga Zoo मा चार वर्षीय ‘हरि’ आकर्षणको केन्द्र: एकसिँगे गैडामार्फत संरक्षण सन्देश र नेपाली समुदायको भावनात्मक जोड
ओलम्पिक पार्कको त्यो ऐतिहासिक महत्वको दिनमा नेपाल आइडलका निशान भट्टराइले उकाली ओराली गर्दै भन्दै मैदान छिरेपछि दर्शक दिर्घाले भब्य तालीले स्वागत गरेका थिए । नेपाल आइडल बुद्ध लामाको उ हारेर गइ या जितेर गइ र चकलेटी प्रतापको अलापी प्रस्तुतीले कार्यक्रमको सुरवातीपलनै भब्य बनेको थियो । पहिलो सत्रमा गायकीको मजा र दोस्रो सत्रमा लोक लय र डान्सीङ आइटमले दर्शकहरुले समयको पत्तो नै पाएनन । नेपीन्डोको लोभलाग्दो नृत्य र नेस्टको कलात्मक प्रस्तुतीले कार्यक्रमलाई थप रोचक बनाएको थियो । बुद्ध, निशान र प्रतापले सात ,सातवटा गीत प्रस्तुत गरे भने प्रमिला राइले तिन वटा गित गाइन ।
कार्यक्रम रातको १२ बजे सम्पन्न हुँंदासम्म दर्शकमा पनि कमी आएको थिएन ।
यो बास्तबमै नेपाल आइडलको लागि एतेहासिक क्षण पनि हो , कार्यक्रम प्रस्तोता तथा पत्रकार शुसील नेपालले सुनाए । अस्ट्रेलियाकोे इतिहासमा पहिलो हुनु मात्रै ठुलो बिषय भएन ओलम्पिक पार्कमा त्यो साउन्ड र म्युजिकमा नेपाली कलाकारले गायकी प्रस्तुत गर्नु महत्वपुर्ण उपलब्धी हो ।
नेपाली टच अस्ट्रेलियाको आयोजना तथा एभरेष्ट कम्युनिकेशनको प्रस्तुतीका रुपमा रहेको कार्यक्रम राइट एन्ड एशोसिएट्स र इसीएले प्रायोजनको भुमिका निर्वाह गरेका थिए ।प्रयोजक राइटका बालचन्द्र भट्टराइले यस्ता कार्यक्रम प्रयोजन गर्नु गौरवको बिषय भएको सुनाए । नेपालीले पनि ओलम्पिक पार्कमा कार्यक्रम पस्कन सक्छन भन्ने शन्देश दिन सफल भएको आयोजक नेपाली टचका राजकुमार गोश्वामी दंग छन । उनि भन्छन , घाटा नाफा भन्दा पनि अब नेपाली गित संगितले पनि अब ठुलो फड्को मारेको छ भन्ने शन्देश फैलाउनु थियो हामी सफल भयौ , गोश्वामीले सुनाए । पहिलो पटक सिडनीको ट्रेनहरुमा एक महीनासम्म प्रचार गरेको यो कार्यक्रम धेरै मानेमा सफल भएको आयोजक दिपेश पुन बताउछन ।
गायक निशान भट्टराइले पनि स्तरिय दर्शक र उत्कृष्ट हलमा कार्यक्रम गर्न पाउँंदा आफु दंग परेको बताए । आइडलको टोलीले यति ठुलो सम्मान पाउनु आफैमा गौरवको बिषय हो,यसका लागि अस्ट्रेलियामा बस्ने सम्पुर्ण नेपालीलाई धन्यबाद दिन चाहन्छु, निशानले सुनाए । कार्यक्रमको रोचक कुरा त के रहयो भने केहि युवतीहरुले प्रताप दाशलाई स्टेजमै गएर प्रेम प्रस्ताव समेत पोखे । संगितका पारखी युवतीहरुको फोटो शेसन युवा आइडलहरुको लागि निकै कठिन बनेको देखिन्थ्यो ।