थप नेपाल समाचार
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
बार्षिक १ दशमलब ६ अर्ब बराबरको नेपाली उत्पादन अष्ट्रेलियामा आयात गरिदै
बुधबार, साउन १६, २०८१
भर्खरै
- सिड्नीको बन्डाई बिचमा भएको आतङ्ककारी आक्रमणप्रति एनआरएनए अष्ट्रेलियाको कडा निन्दा
- शब्दमाला नेपाली भाषा विद्यालयको नयाँ समिति चयन अध्यक्षमा दीपक लामिछाने
- हाम्रो ज्ञान ,संस्कृति र पहिचानमा पुस्तान्तरणको भुमिका
- डब्बो नेपाली समुदाय अष्ट्रेलियाले आफ्नो १० औं साधारण सभा मनायो
- एनआरएनए स्टेरिङ कमिटीको पहिलो बैठक सम्पन्न
अस्ट्रेलियन शैक्षिक प्रतिष्ठानका प्रतिनिधी, एक्सपर्टका ग्राजुएट विद्यार्थी र सामाजिक अगुवाहरूको उल्लेख्य उपस्थिति रहेको सो कार्यक्रममा अन्तराष्ट्रिय विद्यार्थीहरूको साझा संगठन काउन्सिल अफ इण्टरनेशनल स्टुडेण्ट अस्ट्रेलिया (सीसा)का नवनिवार्चित अध्यक्ष विजय सापकोटाले समेत अन्र्तराष्ट्रिय विद्यार्थीहरुका वारेमा बोलेका थिए ।
अर्का निर्देशक संजीव शर्माले एक्सपर्टले आफ्नो शैक्षिक परामर्शको सेवासँर्गै आफ्नो दायित्वलाई आत्मसाथ गर्दै एक्सपर्ट फाउण्डेशनको स्थापना गरेको खुलसा गरे । उनले भने– फाउण्डेसनले भूकम्पका वेला आर्थिक सहयोग गर्नुका साथै भूकम्पका कारण भत्किएको सिन्धुपाल्चोकको एक विद्यालयको निर्माण समेत सम्पन्न गरिसकेको छ । यस फाउण्डेसनले नेपालमा विभिन्न कल्याणकारी आयोजना सम्पन्न गर्नुका साथै हाइड्रोमा समेत हात अगाडि बढाएको कार्यक्रममा जानकारी दिइयो ।
नेपालका ऊर्जा मन्त्री महेन्द्र बहादुर शाहीको समेत उपस्थिति रहेको कार्यक्रममा न्यू साउथवेल्सका महावाणिज्य दूत दिपक खड्का र भिक्टोरियाका महावाणिज्यदूत चन्द्र योञ्जनको समेत उपस्थिति रहेको थियो । मन्त्री शाहीले नेपाली समाजले प्रवासमा समेत गरेको उन्नती र प्रगती सबैका लागि गौरवको कुरा रहेको बताउँदै विदेशमा सिकेका सीप र ज्ञानहरु स्वदेशमा लैजान आग्रह गरे । कार्यक्रममा न्यू साउथवेल्सका महावाणिज्य दूत दिपक खड्का र भिक्टोरियाका महावाणिज्यदूत चन्द्र योञ्जनले एक्सपर्ट ग्रुपको सफलताका बारेमा खुसी व्यक्त गर्दै अझ प्रगतिको शुभकामना दिएका थिए ।
एक्सपर्ट ग्रुपले शैक्षिक परामर्श सेवा, होम लोन, एक्सपर्ट टेलीच्वाइस लगायतका अन्य सेवाहरु प्रदान गर्दै आएको छ । अस्ट्रेलियन आदिवासीको परम्परागत धुनबाट प्रारम्भ भएको कार्यक्रम ब्राजिलीयन साम्बा हुँदै नेपाली चौबन्दी चोलो र साल्सामा पुगेर सम्पन्न भएको थियो ।