थप नेपाल समाचार
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
बार्षिक १ दशमलब ६ अर्ब बराबरको नेपाली उत्पादन अष्ट्रेलियामा आयात गरिदै
बुधबार, साउन १६, २०८१
भर्खरै
- एडिलेडमा नेपाली खेलकुदको महाकुम्भ, ७औँ ओशिनिया स्पोर्ट्स मिटको तयारी अघि बढ्यो
- नवाज कप २०२६ को ग्रान्ड फाइनल जुलाई १९ तारिक आइतबार हुने
- नेपाली कला, संस्कृति तथा साहित्य प्रतिष्ठानले सिड्नीमा २१३औँ भानु जयन्ती मनायो
- सिड्नीमा नेपाली चलचित्र ‘बिगुल’को शनिबार विशेष प्रिमियर हुने
- एनएएको ‘चिल्ड्रेन्स ट्यालेन्ट नाइट २०२६’ सम्पन्न, बालप्रतिभाले मञ्चमा देखाए कला र आत्मविश्वास
साताको लोकप्रीय
नेपाली समुदायमा अगुवाका रूपमा परिचित नापीतले एनआरएन तथा अन्य नेपाली संघ संस्थामा समेत नेतृत्व गरिसकेका छन् । अस्ट्रेलियाको न्यु साउथवेल्स राज्यमा काउन्सिलमा निर्वाचनमा सहभागि हुने नापित सम्भवतः पहिलो नेपाली मुलका अस्ट्रेलियन नागरिक हुन् । करिब १८ हजार जनसंख्या रहेको नोरेम्बर्न वडामा करिब ११ हजार मतदाता रहेका छन् ।
उनी भन्छन्– “हामी प्रवासमा रहेर नेपाली समुदायको सानो घेरामा मात्र सीमित हुने होइन । स्थानिय राजनीति पनि घुलमिल हुनु आवश्यक छ ।” दोस्रो पुस्तालाई यहाँको स्थानीय समुदायमा घुलमिल गराउन आफ्नो उम्मेदवारीले थप टेवा पु¥याउने विश्वास नापितले लिएका छन् । उक्त क्षेत्रमा गोराहरुको बाक्लो बस्ती भएता पनि आफुले स्थानीय तहमा गरेका कामका आधारमा भोटरहरुले आफुलाई भोट दिने कुरामा उनी विश्वस्त छन् ।
सन् २०१३ देखि नापित क्यान्सर काउन्सिल न्यू साउथ वेल्सको प्रबक्ता बनेर नेपाली समुदायमा क्यान्सर सम्बन्धि जनचेतना जगाउने अभियानमा लागी परेका छन् । नर्थ सिड्नी ब्याइज हाइस्कूलको “प्यारेन्स एण्ड सिटिजन एसोसियसन” (पि एण्ड सी) को कार्यकारिणी सचिव रहेका नापित नर्दन सवअर्ब डिस्ट्रीक काउन्सिलका कार्यकारी सदस्य पनि हुन् ।
सन् २००० लिबरल पार्टी अफ अस्ट्रेलियाको सदस्यता लिएका नापितले सन् २०१४ मा “लिबरल फ्रेण्डस अफ नेपाल” खोलेर उनी संस्थापक चेयर म्यान बन्न सफल भएका छन् ।
नापित सिड्नीको उत्तरी भेगमा श्रीमती प्रतिक्षा पाण्डे र दुई छोरा श्रवण र प्रतिकसँग बसोबास गर्दै आएका छन् । भोटका लागि नापितले नेपाली लगायत सबै समुदायलाई समेत अपिल गरेका छन् ।