थप खेलकुद
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
बार्षिक १ दशमलब ६ अर्ब बराबरको नेपाली उत्पादन अष्ट्रेलियामा आयात गरिदै
बुधबार, साउन १६, २०८१
भर्खरै
- सिड्नीको बन्डाई बिचमा भएको आतङ्ककारी आक्रमणप्रति एनआरएनए अष्ट्रेलियाको कडा निन्दा
- शब्दमाला नेपाली भाषा विद्यालयको नयाँ समिति चयन अध्यक्षमा दीपक लामिछाने
- हाम्रो ज्ञान ,संस्कृति र पहिचानमा पुस्तान्तरणको भुमिका
- डब्बो नेपाली समुदाय अष्ट्रेलियाले आफ्नो १० औं साधारण सभा मनायो
- एनआरएनए स्टेरिङ कमिटीको पहिलो बैठक सम्पन्न
बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रायोजकका तर्फवाट एस अस्ट्रेलियाका निर्देशक अभिषेक प्रधानले आफु सानैदेखि फुटबलको प्रशंसक रहेको कारण आफ्नो लगावलाई खेलाडीका रुपमा अगाडि बढाउन नसकेपनि प्रतियोगिता मार्फत सहयोगको हात बढाएको बताए । उनले सहयोग र सामाजिक सदभाव नै एस अस्ट्रेलियाको लक्ष्य रहेको सुनाए ।
कार्यक्रममा एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष नन्द गुरुङले सिडनीमा फुटबलको क्रेज बढदैजाँंदा यसको स्तर र आयोजनामा ध्यान पुरयाउनु पर्ने बेला आएको बताए । उनले एनआरएनले सबैको सहयोग पाए आगामी बर्ष नेपाली फुटबल वा क्रिकेट टोलीलाई अस्ट्रेलियामा बोलाएर मैत्रिपुर्ण खेल खेलाउने लक्ष्य बोकेको सुनाए ।
पत्रकार सम्मेलनमा बोल्दै पुरना फुटबलर तथा प्राध्यापक राजु मानान्धरले नेपाल बाहिर ब्यवस्थीत र स्तरिय फुटबलको नमुनाका रुपमा अस्ट्रेलिया रहेको जिकिर गरे । सामाजिक सदभाव र आपसी एकताका अनि स्वस्थ जिवनको महत्वपुर्ण अंगका रुपमा खेलकुद रहेको मानन्धरले बताए ।
कार्यक्रममा एस स्टडीका अकाृ निर्देशक दिपक अग्रवालले युवा पीढीलाई एकाकार गर्ने क्रममा आफ्नो संस्थाले फुटबल मार्फत सम्वोधन गर्न खोजेको बताए । अग्रवालले भने,ब्यवशाय गर्दैजाँदा समाजप्रतीको दायित्व पनि बिर्सनु हुदैन । हामीले संगित र अन्य बिषयमा सहयोग गर्दै आएका थियौ यस पटक फुटबलमा हात अगाडि बढाएका छौ । कार्यक्रममा डाँफे क्लबका प्रमुख प्रशिक्षक मिलन थापाले प्रयोजक तथा क्लबहरुलाई स्वागत गर्दै प्रतियोगितालाई सफल बनाउन सहयोगको अपील गरे ।
तेजमान तामाङ अध्यक्ष रहेको डाँफे क्लब सन २०१५मा स्थापना भएको हो । सिडनीको प्रमियिर डिभिजन लिगमा समेत सहभागिता जनाइसकेको यो क्लबले पहिलो पटक प्रतियोगिता आयोजना गर्न लागेको हो ।