थप खेलकुद
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
बार्षिक १ दशमलब ६ अर्ब बराबरको नेपाली उत्पादन अष्ट्रेलियामा आयात गरिदै
बुधबार, साउन १६, २०८१
भर्खरै
- एनआरएनए अष्ट्रेलियाद्वारा सिड्नीमा ‘National Entrepreneur Conference 2026’ आयोजना हुने
- लोकप्रिय अभिनेत्री वर्षा सिवाकोटी सक्सेस एजुकेसनको ब्रान्ड एम्बासडर नियुक्त
- NAWS कप सकर २०२६: दर्ता खुला, अन्तिम मिति ३० अप्रिल
- NAWS कप सकर NAWS कप सकर २०२६: दर्ता खुला, अन्तिम मिति ३० अप्रिल
- सिड्नीमा नेपाली अभिभावक समाज अष्ट्रलद्वारा नयाँ वर्ष र माता तिर्थ औँसी विशेष कार्यक्रम सम्पन्न
कार्यक्रममा नवाजका अध्यक्ष बिनोद शर्माले अवार्ड नाइट तथा नवाजले प्रत्येक वर्ष नेपालका दुर्गम भेगमा रहेका विद्यालयहरुमा खेल समाग्री उपलब्ध गराउन छुट्याएको दुई लाख रुपैया रकम समेत थप गरेर ५ हजार अस्ट्रेलियन डलर नेपालका बाढी पिडितहरुका लागि सहयोग प्रदान गरेको बताए । नेप्लीज एशोसियसन अफ तराई अस्ट्रेलियाका अध्यक्ष सुवांसु शाहलाई उक्त रकम हस्तान्तरण गरिएको थियो । साथै नवाजका अध्यक्ष शर्माको कफी हाउस तथा श्रीमती पबिता शर्माको तर्फवाट ब्यक्तीगत एक लाख रुपैया बाढिपीडितलाई प्रदान गरे ।
मुलुक दुखिरहँदा हामी यहा अवार्ड नाइटमा रमाउनुको कुनै अर्थ हुदैन त्यसैले कार्यसमितीको सबै साथीभाइको सल्लाहमा हामीले थोरै भएपनि एउटा शन्देश दिन खोजेका हौ, अध्यक्ष बिनोदले बताए । सो रकम नेपाल एशोसिएसन अफ नेपाल तराइ इन अस्ट्रेलियनका अध्यक्ष शुंभासु शाहलाई हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा प्रतियोगिताका प्राविधिक निर्देशक राजु मानन्धरले संसारभर छरिएर रहेका नेपाली पनि यतिबेला शोकमा रहेको कारण यो निर्णय साच्चीकै उपयुक्त र शान्र्दभिक रहेको बताए । सानै भएपनि यस्ता सहयोगले तराइका बाढिपीडितहरुलाई मलम लगाउन सके हाम्रो लागि त्यो मुलुकप्रतीको दायित्वबोध बन्न सक्छ,मानन्धरले बताए ।
कार्यक्रममा आयोजक नवाजका सचिब मन्जित घिमिरेले अस्ट्रेलियामा बसेपनि देशप्रतीको चिन्ता र चासो स्वभाविक रहेको बताए । मुलुक दैबिक प्रकोपको चपेटामा छटपटाइरहँंदा हामी यहा हास्ने र रम्ने कुरा पटक्कै सुहाउदैन । यसैले पनि हामीले यो निर्णयमार्फत सबै संसारभर छरिएर रहेका नेपालीलाई एउटा शन्देश दिन खोजेका हौ ।
कार्यक्रममा एनआरएन एनएसडब्लुका संयोजक नन्द गुरुङ, आदिवासी जनजाती मन्च अस्ट्रेलियाका अध्यक्ष तथा फुटबलप्रेमी अरुण तामाङ,सामाजिक अगुवा राजु मानन्धर तथा नवाजका खेल संयोजक प्रकाश पन्थीलगायतले विजेतालाई ट्रफी तथा प्रमाण पत्र बितरण गरे । कार्यक्रममा अस्ट्रेलियामा बसेर समाचारको माध्यमवाट समाजलाई सहयोग पुरयाउने विभिन्न संचार माध्यमका प्रतिनिधिहरुलाई सम्मानपत्र प्रदान गरिएको थियो ।