थप नेपाल समाचार
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
बार्षिक १ दशमलब ६ अर्ब बराबरको नेपाली उत्पादन अष्ट्रेलियामा आयात गरिदै
बुधबार, साउन १६, २०८१
भर्खरै
- एडिलेडमा नेपाली खेलकुदको महाकुम्भ, ७औँ ओशिनिया स्पोर्ट्स मिटको तयारी अघि बढ्यो
- नवाज कप २०२६ को ग्रान्ड फाइनल जुलाई १९ तारिक आइतबार हुने
- नेपाली कला, संस्कृति तथा साहित्य प्रतिष्ठानले सिड्नीमा २१३औँ भानु जयन्ती मनायो
- सिड्नीमा नेपाली चलचित्र ‘बिगुल’को शनिबार विशेष प्रिमियर हुने
- एनएएको ‘चिल्ड्रेन्स ट्यालेन्ट नाइट २०२६’ सम्पन्न, बालप्रतिभाले मञ्चमा देखाए कला र आत्मविश्वास
साताको लोकप्रीय
संसारभरका आदिबासी तथा जनजातीको समान अधिकार र पहिचानको लडाइ जारी रहेको सन्दर्भमा अस्ट्रेलियाको नेपाली समुदायले सिड्नीमा यो दिवस मनाउनु खुसीको विषय भएको राजदूत लक्की शेर्पाले बताइन्।
कार्यक्रममा विशेष अतिथि तथा लेबर पार्टीकी आदिवासी सभासद लिन्डा बर्नीले संसारभर छरिएर रहेका आदिवासीको अधिकारका लागि लड्नुपर्ने थुप्रै विषय भएको बताइन्। ‘जति विकशित राष्ट्र भए पनि जनजाति र आदिवासीका सवालमा धेरैखाले समान मुद्दाहरु रहेका छन्,हामी सबै मिलेर त्यसका लागि लडनु पर्ने हुन्छ,’ उनले भनिन्।
लेबर पार्टीकी सिड्नी क्षेत्रकी सभासद बर्नीले नेपालप्रती आफ्नो चासो उच्च रहेको भन्दै आगामी नोभेम्बरमा नेपाल जाने सोच बनाएको बताइन्।
नेपाल आदिवासी तथा जनजाती मन्चका अध्यक्ष अरुण तामाङले नेपालमा नयाँ संविधानले पनि जनजाती तथा आदिवासीको हक अधिकारको सम्वोधन गर्न नसकेको बताए। उनले अहिले पनि बिभेदको चरम सीमामा आदिबासी, जनजाति पिल्सीएका छन र यो अधिकारको लडाइ चलिरहने बताए। कार्यक्रममा मन्चले आफ्ना सबै पदाधिकारीहरुलाई राजदूत मार्फत सम्मान गरेको थियो । जनजाती र आदिवासीका आफ्नो परम्परा र भेषभुषा झल्काउने नृत्य तथा फेशन कार्यक्रमको आकर्षक बनेको थियो।
कार्यक्रममा मन्चका सल्लाहकार गणेश तामाङले अस्ट्रेलियामा अन्तर्राष्ट्रय आदिबासी जनजाती दिवस मनाउन पाउनु गौरवको विषय रहेको उल्लेख गरे। एनएसडब्लुका माहाबाणिज्यदूत दिपक खड्काले पनि अन्तर्राष्ट्रिय आदिवासी दिवसको उपलक्ष्यमा शुभकामना ब्यक्त गरेका थिए।
कार्यक्रममा नेपालबाट कार्यक्रममा सहभागिता जनाउन आइपुगेका नेपाली खेलक्षेत्रका बिभिन्न ब्यक्तित्वलाई बिशेष सम्मान पनि गरिएको थियो।
दक्षिण एशियाली खेलकुद प्रतियोगितामा कराँते मार्फत स्वर्ण पदकधारी कुशल श्रेष्ठ, रजत पदकधारी राम लिम्बु, नेपाल कबड्डी संघका अध्यक्ष लालकुमार लामा तथा कराँते खेलाडी फुर्बा लामालाई राजदूत लक्की शेर्पाले सम्मान प्रदान गरेकी थिइन्।