थप खेलकुद
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
बार्षिक १ दशमलब ६ अर्ब बराबरको नेपाली उत्पादन अष्ट्रेलियामा आयात गरिदै
बुधबार, साउन १६, २०८१
भर्खरै
- एनआरएनए अष्ट्रेलियाद्वारा सिड्नीमा ‘National Entrepreneur Conference 2026’ आयोजना हुने
- लोकप्रिय अभिनेत्री वर्षा सिवाकोटी सक्सेस एजुकेसनको ब्रान्ड एम्बासडर नियुक्त
- NAWS कप सकर २०२६: दर्ता खुला, अन्तिम मिति ३० अप्रिल
- NAWS कप सकर NAWS कप सकर २०२६: दर्ता खुला, अन्तिम मिति ३० अप्रिल
- सिड्नीमा नेपाली अभिभावक समाज अष्ट्रलद्वारा नयाँ वर्ष र माता तिर्थ औँसी विशेष कार्यक्रम सम्पन्न
प्रतियोगिताका म्यान अफ दी सिरिज फेवा फुटबल क्लबका अभिषेक गुरुङ , म्यान अफ दी म्याच राइजिङ गोर्खाजका कप्तान सुमिन कुमार भट्टराइ , बेष्ट गोलरक्षक टीआरजीका समिप गौचन घोषित भए । सेन्ट जोर्ज फ्रेन्ड्स सिम्रीक क्लबका आषिश श्रेष्ठ १० गोल गरेर सर्वाधि गोलकर्ता बने । वेस्ट डिफेन्डर पनि सोही क्लबका
करिब तिन महिना लामो प्रतियोगिताको भेट्रानतर्फको उपाधि भने सेन्ट जोर्ज नेप्लीज क्लबले जितेको छ । उसले टाइब्रेकरमा प्रतिस्पर्धी हिमालयन युथ क्लबलाई सडेन डेथमा हराएको थियो । सडेन डेथमा भेट्रान फुटबलर राजु मानन्धरले सेन्ट जोर्जका लागि निर्णायक पेनाल्टी गोल गरेका थिए ।
प्रतियोगिताका विजेताहरुलाई अस्ट्रेलियन नेप्लीज वेलफेयरका अध्यक्ष बिनोद शर्मा, पर्यटनदुत बद्री अर्याल, एनआरएनका उपाध्यक्ष नन्द गुरुङ,पुर्व उपाध्यक्ष दिनेश पोखरेल, सामाजिक अभियन्ता नारायण प्रधान, एनआरएनका सचिब देव गुरुङ ,प्रतियोगिताका प्राविधिक निर्देशक राजु मानन्धर,सेन्टजोर्ज बैंकका विश्वास भट्टराइ, सिडनी मेट्रो कलेजकी सुजाता चालिसेले लगायतले विजेता खेलाडी तथा टिमलाई ट्रफी तथा प्रमाणपत्र बितरण गरेका थिए । विजेता टिमलाई आकर्षक पुरस्कारको समेत व्यवस्था गरिएको थियो । जसमा प्रथम हुने टीमले पुरस्कार वापत सिल्ड, र प्रमाणपत्र सहित १५०० डलर, दोस्रो स्थान ल्याउने टीमलाई ८०० र तेस्रो स्थान ल्याउने टीमलाई ५०० डलर पाउन सफल भए । त्यस्तै म्यान अफ द रिरिज विजेतालाई ३०० डलर र म्यान अफ द फाइनल विजेतालाई १०० डलर पुरस्कार प्रदान गरियो ।
प्रतियोगितामा अस्ट्रेलियामा रहेका १७ वटा फुटबल क्लबले सहभािगता जनाएको कुरा अध्यक्ष बिनोद शर्माले बताए । फाइनल खेलको समापनमा वालवालिकाहरुको लागि जम्पिङ कास्टल, किड्स रेसिङ, किड्स पेलान्टी सुट आउट लगायत खेलहरु समेत समावेश गरिएको थियो ।
१९९९ मा गैर–नाफामुलक संस्थाको रुपमा स्थापित नवाजले प्रत्येक वर्ष नेपाली दाजुभाइबीच भाइचारा तथा आपसी सम्बन्ध विस्तारका लागि फूटबलको आयोजना गर्दै आएको छ ।