नेभिगेशन
LEADING_MAIN

एनआरएन अस्ट्रेलियामा गुरुङको उम्मेदवारी घोषणा

सिड्नी । एनआरएन अस्ट्रेलियाको आसन्न निर्वाचनमा न्युसाउथवेल्स राज्यको संयोजक पदमा नन्द गुरुङको टोलीले उम्मेदबारी दिने भएको छ । एनआरएनका केन्दिय सदस्य तथा खेलकुद बिभाग प्रमुख रहेका नन्दले यस पटक एनएसडब्लु संयोजकमा आफ्नो उमेदबारीको घोषणा गर्दै राम्राकार्यको निरन्तरता र नयाँ कार्यको थालनीका लागि आफु निर्वाचनमा होमिएको बताए । उनले पछिल्ला कार्यकालमा खेलकुद लगायतका बिभिन्न कार्यक्रममा आफुले एनआरएन अभियानलाई अगाडि बढाउन सफलता प्राप्त गरेको कारण यसपटक उपाध्यक्षको दाबेदारी प्रस्तुत गरेको सुनाए । गुरुडले एनआरएनको कार्यालय , संस्थागत बिकास र बिश्वासको बाताबरण अनि प्रभावका लागि पनि आफ्नो उम्मेदवारी आवश्यक रहेको सुनाए । कार्यक्रममा पुराना सामाजिक कार्यकर्ता भीम लिम्बु , सरोज पाण्डे र गायक दिल तामाङले पनि एनसीसी सदस्यका लागि आफ्नो उम्मेदबारी घोषणा गरेका थिए । यस्तै स्टेटको युथ कोर्डिनेटरमा विजय पौडेल र कोषाध्यक्षमा इर्साद अहमदले आ–आफ्नो उम्मेदवारी घोषणा गरेका थिए । कार्यक्रममा आइसीसीकी प्रवक्ता रन्जु वाग्ले थापाले एनआरएन अभियानमा समय र सदभाव अनि सहयोगी भावना आवश्यक भएकोले उमेदबारी दिदा त्यसतर्फ सोच्न आग्रह गरिन । विगत झण्डै दुई दशकदेखि अस्ट्रेलियालाई कर्मथलो बनाउदै गुरुङ नेपाली समुदायको सामाजिक कार्यमा निरन्तर कार्य गर्दै आएका छन् । गैरआवासीय नेपाली संघ(एनआरएनए) अष्ट्रेलियामा सुरुवाती दिनसँगै प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न भई कार्य गर्दै आएका छन् । सन् २००८ मा ग्रान्भिल राइनोज क्लब स्थापना गरेर फुटबलको माध्यमबाट नेपालीहरुमा भाइचारा एवं मित्रता बढाउदैं आएका गुरुङ उक्त क्लबका संस्थापक हुन् । तमु समाज सिड्नीका सल्लाहकार रहेका गुरुङ एनआरएन अस्ट्रेलियामा (सन् २०१५–२०१७ कार्यकाल) मा एनसीसी सदस्य तथा खेलकुद संयोजक छन् । समेत छन् । ग्रयान्भिल कम्युनिटी समाजमा अध्यक्ष लगायत विभिन्न पदमा बसेर नेपाली समुदायलाई एकताको सुत्रमा बाँध्ने काम गरेका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप LEADING_MAIN
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ ।