थप अन्य
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
बार्षिक १ दशमलब ६ अर्ब बराबरको नेपाली उत्पादन अष्ट्रेलियामा आयात गरिदै
बुधबार, साउन १६, २०८१
भर्खरै
- एडिलेडमा नेपाली खेलकुदको महाकुम्भ, ७औँ ओशिनिया स्पोर्ट्स मिटको तयारी अघि बढ्यो
- नवाज कप २०२६ को ग्रान्ड फाइनल जुलाई १९ तारिक आइतबार हुने
- नेपाली कला, संस्कृति तथा साहित्य प्रतिष्ठानले सिड्नीमा २१३औँ भानु जयन्ती मनायो
- सिड्नीमा नेपाली चलचित्र ‘बिगुल’को शनिबार विशेष प्रिमियर हुने
- एनएएको ‘चिल्ड्रेन्स ट्यालेन्ट नाइट २०२६’ सम्पन्न, बालप्रतिभाले मञ्चमा देखाए कला र आत्मविश्वास
साताको लोकप्रीय
एन आर एन अस्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले एनआरएन अभियानमा नेपाल न्युज अस्ट्रेलियाले खेल्दै आएको भूमिका वास्तबमै गर्व गर्न लायक रहेको बताए । उनले नेपाल न्युज अस्ट्रेलियाले समाचार प्रकासन गर्दा देखाउदै आएको व्यवसायिक एबम तटस्थता नै यसको बिशेषता रहेको औल्याए । नेपाल न्युज अस्ट्रेलियाका प्रधान सम्पादक माधव गैह्रेको सभपतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाल न्युज अस्ट्रेलियालाई सहयोग गर्नुहुने विज्ञापनदाता, लेखक एबं चलचित्र नायिका केकी अधिकारी, चलचित्र निर्देशक प्रचण्डमान श्रेष्ठलाई समेत सम्मान गरिएको थियो ।
सो अवसरमा कार्यबाहक राजदुत पाण्डेबाट बार्षिकोत्सवका टाइटल स्पोन्सर ओसिनिया एजुकेसन सोलुसनका डाइरेक्टर सन्दिप खनाल, ,म्यागेजिनका पूर्व प्रकाशकद्वय प्रदिप ढकाल र डिल्लीराम ढकाललाई पनि सम्मान गरिएको थियो । त्यस्तै नेपाल न्युज अस्ट्रेलियालाई लेखनको माध्यमबाट सहयोग गर्नुहुने क्यानवेराका समाजसेवी डा. कृष्ण हमाल, सिड्नीका श्री नापित, त्रिलोचन पोखरेल, सुरज अर्याललाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा एनआरएन कि संरक्षक इन्द्रा वन ,आई सी सी युथ संयोजक बिजय पोखरेल, एनआरएन अस्ट्रेलियाका महासचिब टोनु घोताने, एनआरएन एन एस डब्लुका संयोजक दिनेश पोखरेल नेपाल प्रेस युनियनका उपाध्यक्ष बाला अधिकारी, नेपाल न्युज अस्ट्रेलियाका कनुनी सल्लाहकार डा. सम्सेर सिंह थापा, ओसिनिया एजुकेसन सोलुसनका डाइरेक्टर सन्दिप खनाल तथा म्यागेजिनका पूर्व प्रकाशकद्वय प्रदिप ढकाल र डिल्लीराम ढकाल लगाएतका बक्ताहरुले म्यागेजिनको बिबिध पक्षका बारेमा बोल्दै शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा नेपाल न्युज अस्ट्रेलियाका सम्पादक कृष्ण तिवारीले स्वागत मन्तब्य राखेका थिए भने म्यानेजिंग डाइरेक्टर हेमन्त काफ्लेले कार्यक्रमको बारेमा प्रकाश परेका थिए । कार्यक्रमको संचालन नेपाल न्युज अस्ट्रेलियाका एसोसियट एडिटर योगेन्द्र विष्टले संचालन गरेका थिए । कार्यक्रममा नेपाली समुदायका विशिष्ट व्यक्तित्वहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।