नेभिगेशन
LEADING_MAIN

सेज होम लोनले नयाँ वर्षमा शुभकामना कार्यक्रम गर्दै

सिड्नी । विगत लामो समयदेखि मोर्गेज व्यवसायमा आफ्ना सेवाग्राहीहरुलाई सेवा दिदै आएको सेज होम लोनले नेपाली नयाँ वर्ष २०७४ को अवसर पारेर एक शुभकामना आदनप्रदानको कार्यक्रमको आयोजना गर्ने भएको छ । अप्रिल १ गते शनिवार अस्ट्रेलियन बोटानिकल गार्डेन माउन्ट एननमा विहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म फ्रि बारबिक्यूका साथै लन्चको व्यवस्था गरेको छ । सेज होम लोनका डाइरेक्टर समीर श्रेष्ठले नेपाली नयाँ वर्षमा प्रवासमा छरिएर रहेका आफन्त, साथीभाई, इष्टमित्रहरु बीच एक आपसमा शुभकामना साटासाट गरी भाइचारा कायम राख्दै नेपाली पर्वको विकासमा उत्थान गर्न उक्त कार्यक्रमको आयोजना गरिएको बताए । उक्त कार्यक्रममा वालवालिकाहरुको लागि फेस पेन्टीङ, फोटो सेसन लगायतका विविध मनोरञ्जनात्मक कार्यक्रमहरु राखिएको छ । उक्त कार्यक्रमा सबैका लागि निशुल्क रहेको जनाउ दिदै डाइरेक्टर श्रेष्ठले उपस्थितिका लागि सबैलाई आग्रह गरेका छन् । उपस्थितिको लागि सेज होम लोनको फेसबुक पेजमा जान सक्नुहुनेछ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप LEADING_MAIN
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ ।