नेभिगेशन
LEADING_MAIN

अन्तराष्ट्रिय झापाली समाजमा ओली

सिड्नी । आफैमा जन्मेको ठाउँं र हुर्केको गाउँंको माया कसलाई हुदैन र । त्यसमाथि पनि भुगोल र आफ्नोपनको बिशेषता बेग्लै हुन्छ । प्रवासमा बग्रेल्ती खुलेका यस्ता संस्थाहरुले मुलुकको हितमा काम गरेको प्रमाणित भएको छ । हुन त आसन ग्रहण र पदका लागि यस्ता क्षेत्रीय संगठन खोलिएको आरोप पनि नसुनिदै आएको होइन । तर प्रवासमा जे जस्ता र जुन जुन ठाउ ,क्षेत्र र गाउका नाममा खोलिएपनि तिनले थोरै तिनो भएपनि सहयोग र बिकासमा टेवा दिएको कुरालाई बिर्सनु भने हुदैन । विश्वभर छरिएर रहेका झापालीहरुले पनि आफुलाई संगठित गर्ने जर्मको गर्दै अन्तराष्ट्रिय झापाली समाज तदर्थ समिति गठन गरेका छन । समितीको संयोजक पदमा अष्ट्रेलियाका शैक्षिक परामर्हदाता भवानी प्रसाद ओली सर्वसम्मत चयन भएका छन । झापाली समाज अष्ट्रेलिया, अमेरिका, जापान, कोरिया, हङकङ, कुबेत, इजरायल, युएइ, लक्जम्बर्ग लगायत १५ देशका अन्तराष्ट्रिय प्रतिनिधिहरूको सम्पन्न भएको पहिलो भेलाले ओलीको संयोजकत्वमा तदर्थ समिती गठन गरेको हो झापाली समाज अस्ट्रेलियाका अध्यक्ष दिपक खानलले बिश्वभर छरिएर रहेका झापाली बिच पारस्परिक एकता र आपसी सदभाव कायम गर्दै जिल्लाको बिकासमा टेवा पुरयाउने उद्देस्यका साथ यो समाज गठन गरिएको बताए । अमेरिकाका प्रमोद सिटौला, कुमार झापाली (कुवेत), राजु थापा (कोरिया), तुलसी पाठक (जापान), खगेन्द्र सिटौला (अष्ट्रेलिया), बाल हरी राई (लक्जम्बर्ग), गणेश गौतम (इजरायल), दिनेश पोखरेल (अष्ट्रेलिया), दिपक खनाल (अष्ट्रेलिया), रूप राज मैनाली (अष्ट्रेलिया), साबित्रा लुइटेल (इजरायल), रितु राज ढकाल (इजरायल), रोहित भण्डारी (युएई), छत्र सुब्बा (हंगकंग), अर्जुन बहादुर बस्नेत (कुवेत), मणि सूबेदी (युएई), बिनोद कार्की (जापान), चुडामणी काफ्ले (जापान), रीना ओडारी (साईप्रस) लगायत उपस्थित प्रतिनिधिहरूले ओलीको संयोजकत्वमा कार्यसमिती निमार्णमा समर्थन गरेका थिए । झापाली समाज अष्ट्रेलियाका सचिब रूप राज मैनालीले संचालन गरेका उक्त बैठकको सहजकर्तामा पुर्व अध्यक्ष दिनेश पोखरेल गरेका थिए भने बैठकको अध्यक्षता ज्येष्ठ ब्यक्तित्व तथा झापाली समाज अस्ट्रेलियाका अध्यक्ष दिपक खनालले गरेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप LEADING_MAIN
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ ।