थप खेलकुद
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
बार्षिक १ दशमलब ६ अर्ब बराबरको नेपाली उत्पादन अष्ट्रेलियामा आयात गरिदै
बुधबार, साउन १६, २०८१
भर्खरै
- सिड्नीको बन्डाई बिचमा भएको आतङ्ककारी आक्रमणप्रति एनआरएनए अष्ट्रेलियाको कडा निन्दा
- शब्दमाला नेपाली भाषा विद्यालयको नयाँ समिति चयन अध्यक्षमा दीपक लामिछाने
- हाम्रो ज्ञान ,संस्कृति र पहिचानमा पुस्तान्तरणको भुमिका
- डब्बो नेपाली समुदाय अष्ट्रेलियाले आफ्नो १० औं साधारण सभा मनायो
- एनआरएनए स्टेरिङ कमिटीको पहिलो बैठक सम्पन्न
तिस मिनेटको फाइनलको निर्धारित समयमा दुबै टोलीको तर्फवाट एक एक गोल भएपछि खेल सडेन डेथमा गएको थियो । निर्धारित समयमा सेन्ट जोर्जका रन्जन भट्टराइ र यतीका सुलभ मास्केले गोल गरेका थिए । नाइन ए साइड फुटबल प्रतियोगिताको प्रारम्भीक चरणहरु भने पन्ध्र मिनेटमा सिमित गरिएको थियो । सिड्नीका राम्रा क्लबहरु ग्रानभिल,राइजिङ गोर्खाज र माछापुच्छ्रेहरु अन्तिम आठमै सिमित भएपछि खेलमा मेलवर्नको टोलीमा सबैको आखा गएको थियो । राष्ट्रीय टोलीवाट चर्चा कमाएका फुटबलरहरुको उपस्थीतीले बलियो देखिएपनि फाइनलमा कमजोर रक्षापंक्ती यतीको हारको कारण बन्यो । सुलभ, अनिल र जगजितले अगाडिको मार्चा सम्हालेपनि मध्यपंक्ती र रक्षापंक्तीको अभाव खट्कीयो । टाइब्रेकरमा सेनट जोर्जका गोलरक्षक मिलन गिरी नायक साबित भए । उनले यतीका पाका खेलाडी हरी गुरुङको बलमा रोकेनन, अन्तिम पेनाल्टी समेत आफैले गरेर सेन्ट जोर्जको नाममा उपाधि समेत दिलाए ।
अखिल नेपाल फुटबल संघका महासचिब धिरेन्द्र प्रधानले एक समारोह बिच प्रतियोगिताको उदघाटन गरेका थिए । पारिबारीक भ्रमणमा सिड्नी आइपुगेका प्रधानलाई प्रतियोगितामा अतिथी बनाइएको हो । प्रधानले प्रतियोगिताको उदघाटन गर्दै अस्ट्रेलियामा पनि प्रवासी नेपाली बिच यत्रो फुटबल प्रतियागिताको आयोजना हुनु खुसीको बिषय भएको बताए ।
प्रधानले यहा जन्मीएर फुटबलमा देखिएका युवा प्रतिभाहरुले नेपालको प्रतिनिधित्व गर्न सक्ने हुनाले यस्ता खाले प्रतियोगिताहरु मुलुकका लागि पनि उपलब्धी मुलक रहने जिकिर गरे ।
प्रतियोगिताको उत्कृष्ट गोलरक्षक मिलन गिरी , हाइएस्ट स्कोरर अशिस श्रेष्ठ र बिमल थापा , उत्कृष्ट खेलाडी यती एफसी निराजन राइ घोषित भए ।
विजेता खेलाडीलाई एक्सपर्टका निर्देशक सन्जीव शर्मा , टएआरसीसीका संस्थापक अरुण तामाङ , म्याच कमीस्नर राजु श्रेष्ठ , म्याच डाइरेक्टर बैकुन्ठ डंगोल , समाजसेवी पदम शाक्य ,टीआरसीसीका अनिल तामाङ , राजिव श्रेष्ठ लगायतले ट्रफी तथा नगद प्रदान गरेका थिए । विजयी टोलीस्ले पन्ध्र सय अस्ट्रेलियन डलर र उप विजेताले पाँंच सय डलर तथा ट्रफी हात पारेका थिए ।