थप नेपाल समाचार
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
बार्षिक १ दशमलब ६ अर्ब बराबरको नेपाली उत्पादन अष्ट्रेलियामा आयात गरिदै
बुधबार, साउन १६, २०८१
भर्खरै
- औपचारिक जिम्मेवारी सकिए पनि नेपाली समुदायप्रतिको सेवाभाव जारी रहनेछ: दिनेश खड्का, निवर्तमान वाणिज्यदुत
- अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवसका अवसरमा सिड्नीमा मिडिया टक’ तथा नेपाल न्युज अष्ट्रेलियाको १२औँ वार्षिकोत्सव सम्पन्न
- नेपाली उद्यमी र पेशेवरलाई जोड्दै ‘National Entrepreneur Conference 2026’ भोलि सिड्नीमा
- नेपाल चिनाउन अष्ट्रेलियामा ३० मे मा अन्तर्राष्ट्रिय एभरेष्ट डे आयोजना गरिने
- सिड्नीको Taronga Zoo मा चार वर्षीय ‘हरि’ आकर्षणको केन्द्र: एकसिँगे गैडामार्फत संरक्षण सन्देश र नेपाली समुदायको भावनात्मक जोड
शाह बंश र राष्ट्रीयता दुइ फरक बिषय भएकोले यसलाइ जोडेर हेर्न नहुने कुरा कार्यक्रमका सभापती मेघराज श्रेष्ठले बताए । श्रेष्ठले आफु नेवारको छोरो र मल्लकालिन भारदारको सन्तान भएपनि राष्ट्रीयता र पहिचानको बिषयमा पृथ्वी नारायणलाई राष्ट्र निमार्ताका रुपमा सम्मान गर्ने बताए ।
कार्यक्रममा गैर आवासिय नेपाली संघका युवा संयोजक विजय पोखरेलले इतिहास मेटेर मेटिने बिषय नभएकोले अहिलेका शासकहरुमा राष्ट्रयताको भावना कमजोर हुदै गरेको तर्क गरे । पोखरेलले अगाडि भने ,नेपाल नभएको भए हामी कहा हुन्थौ, के ले चिनिन्थ्यौ ,देशै नरहे हामी कहा रहन्थ्यौ ,यस्ता प्रश्नहरुले गंभिर बनाइरहदा एकता दिवस हाम्रो लागि संझनायोग्य दिनका रुपमा रहेको उनले बताए ।
कार्यक्रममा एनआरएनकी प्रवक्ता रन्जु थापाले एकता दिवस भन्दा पनि नेपालीहरुलाई एकताको सुत्रमा बाध्ने पर्वका रुपमा पृथ्वी जयन्ती रहेको बताइन ।
कार्यक्रममा बोल्दै पुर्व एनआरएन आइसीसी सदस्य निरज श्रेष्ठले पृृथ्वी जयन्ती राष्ट्र एकिकरणको संझना गर्ने दिनका रुपमा रहेकोले यसलाई महत्वका साथ हेरिनुपर्ने बताए । श्रेष्ठले भने , यहा तोड्नेहरुको बिगबिगी छ , जोडनेहरुको संझना गर्ने फुर्सत पनि उनिहरुलाई नहोला तर हामी नेपाली भएर बसेका प्रवासीहरुले पृथ्वी जयन्तीलाई महत्वपुर्ण अवसरका रुपमा मान्नुपर्छ ।
नेपाल एकिकरण मात्र होइन, धुस खान्या र दिने दुबै नेपालीका शत्रु हुन , भन्ने कुरालाई त्यतिबेला ब्यवहारमा ल्याउने पृथ्वी नारायण र बिसे नगर्चीको सल्लाह लिने उनको निती अहिले पनि देशका लागि अबिस्मरणिय रहेको एनआरएनका सल्लाहकार मन केसीले बताए । एनआरएन अस्ट्रेलियाका कोषाध्यक्ष डिला खरेलले हरेक नेपालीले सलाम र सम्मान गर्नु पर्ने ब्यक्तीत्वका रुपमा पृथ्बी नारायण रहेकाले उनलाई तन्त्रसँंग जोडिदाँं अन्याय हुने बताए ।
कार्यक्रममा पुराना नेपाली समाजका अगुवा प्रल्हाद केसीले पृथ्वी नारायण शाहलाई बिर्सनु भनेको देशलाई माया नगर्नु बराबर भएको बताए । त्यस बेलामा गोर्खावाट सुरु गरेर नेपाल निमार्णको अभियान पुरा गर्ने पृथ्बी एकताका प्रतिक भएकोले यसलाई नेपाली समाजले अवसरका रुपमा मनाउनु पर्ने केसीले सुनाए ।
कार्यक्रममा राइट एन्ड एशोसियट्सका निर्देशक पीआर अधिकारीले देशको नक्सा कोर्ने अभियन्ताका रुपमा पृथ्बी नारायणलाई सम्मान गर्न‘ पर्ने बताए । प्रवासमा यसरी राष्ट्रीय एकता दिवस मनाउन पाउनु हाम्रो लागि गौरवको बिषय भएकोले राज्यले सम्मान गर्नु पर्ने अधिकारीेले सुनाए । कार्यक्रममा नरेश थापा,कन्चन पोखरेल तथा बिमल भट्टराइले पनि नेपाल एकिरकण र एकता दिवसको गरिमाका बिषयमा धारणा राखेका थिए । यसै बिच ब्रिसबेनमा पनि केहि युवाहरुले पृथ्वी जयन्तीलाइ उनको फोटो प्रर्दशनी गर्दै मनाएको छन ।