थप LEADING_MAIN
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिना उपाध्याय संग्रौलाले प्रबासमा रहेका नेपालीहरुले जन्मभुमिप्रती देखाएको अटल आस्था र बिस्वास लाइ टुट्न नदिन देसमा लगानीको उपुक्त बातावरण सिर्जना गर्नेतर्फ आफु लाग्ने बताइन . उनले राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा यो कार्यक्रम गरेर जननायक बि पी कोइरालालाई स्मरण गर्न पाउदा खुसि लागेको विचार ब्यक्त गरिन .
एन आर एन अस्ट्रेलियाका प्रेसिडेन्ट सुरेन्द्र सिग्देलले देसमा आपत बिपत पर्दा मात्रै होइन अरु बेलामा पनि गैर आवासिय नेपालीहरुले सकेको आर्थिक तथा भौतिक सहयोग स्थानिय तथा राष्ट्रिय स्तरमा गर्दै आएको बताउदै देसको राजनितिक अवस्थामा सुधार आएमा स्वोदेसको बिकासमा प्रबासी नेपालीको लगानी अझ बढ्ने उलेख गरे . उनले एन अर एन अस्ट्रेलिया यहाका सबै नेपाली सामाजिक संघ सस्थाहरु संग हातेमालो गर्दै अघि बढिरहेको बताए . नेप्लिज अस्ट्रेलियन डेमोक्र्याटिक फोरम NADF का प्रेसिडेन्ट बिबेक थापाको सभापतित्तोमा सम्पन्न उक्त शुभकामना आदान प्रदान तथा बार्बिक्यु कार्यक्रममा एन आर एन कि प्याट्रोंन इन्द्रा बन एन ए डी एफका डेपुटी प्रेसिडेन्टद्वय पुर्णनाथ घिमिरे र सुरेन्द्र सापकोटा तथा उक्त कार्यक्रमका सह संयोजक रामजी बस्नेत लगायतका बक्ताहरुले आ आफ्नो धारणा राखेका थिए .