नेभिगेशन
LEADING_MAIN

चौबिस घण्टा बित्न नपाउँदै फेरि अर्का नेपाली विद्यार्थीको नदीमा डुबेर मृत्यु

सिड्नी । क्रिसमसको रमाइलो गर्ने क्रममा एक नेपाली युवाको मृत्यु भएको २४ घण्टा बित्न नपाँउदै यहाँ एउटै नाम गरेका अर्का नेपाली विद्यार्थीले ज्यान गुमाएका छन्। कीर्तिपुर १२ भत्केपाटी घर भएका २९ वर्षीय सुजन अधिकारीको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको २४ घण्टा नबित्दै कंगारूभ्यालीमा रमाइलो गर्न गएका बौद्ध रामहीटीका २७ बर्षीय सुजन शर्माको सोमबार बेलुका पानीमा डुबेर मृत्यु भएको हो। सिड्नीबाट १सय ६० किलोमिटरको दुरीमा रहेको कंगारूभ्यालीमा साथीभाइबीच रमाइलो गर्दै कायकीङ गर्ने क्रममा पौडी खेल्दा बेन्डिल रीभरमा उनको ज्यान गएको अस्ट्रेलियास्थित नेपाली दुतावासले जनाएको छ। क्रिसमसको बिदा मनाउन र रमाइलो गर्न कंगारूभ्याली पुगेका चारजना नेपाली युवायुवतीहरू कायकीङ गर्ने क्रममा सो घट्ना घटेको हो। लाइफ़ ज्याकेट फुकालेर पौडी खेल्ने क्रममा सुजन गहिरो खोँचमा डुबेका थिए। ‘गएका कसैलाई पनि राम्रो पौडी खेल्न आउँदैनथ्यो। सुजन डुबेपछि तुरून्तै रेस्क्यू हुन सकेन,’ सँगै गएका साथीले भने, ‘हामीले गुहार मागेपछि अन्य केही ब्यक्तीले खोजे पनि सुजनलाई फेला पार्न सकेका थिएनन्। पानी भीत्रै सुरूङजस्तो खोँचमा अड्किएका कारण उनको उद्धार समयमै हुन सकेन। करिब तीन घण्टापछि गोताखोर आएर उनको शव निकालेको थियो। ‘हामी दुई घण्टापछि घट्नास्थलमा पुग्दा उद्धार चलिरहेको थियो,’ मृतक सुजनका भीनाजु रविन सुबेदीले बताए। यसअघि पनि क्रिसमसकै बेला दुइ नेपाली युवाको पानीमा डुबेर ज्यान गुमेको थियो। अस्ट्रेलियामा पानीमा डुबेर ज्यान गुमाउने नेपालीको संख्या यसै वर्ष मात्र ७ पुगेको छ। उनको शवलाई परिवारको चाहना अनुरूप नेपाल पठाउन आवश्यक पहल सुरू गरीने एनआरएन न्यु साउथवेल्सका संयोजक दिनेश पोखरेलले जानकारी दिए। पोखरेलले यसरी दुर्घटना घट्नु अत्यन्तै दुखदायी भएको भन्दै यसका लागि एनआरएनले सचेतना कार्यक्रम ल्याउनुपर्ने बेला आएको बताए। उनको शवलाई नेपाल पठाउनका लागि सम्पूर्ण अष्ट्रेलियाबासी नेपालीलाई सहयोग गर्न अनुरोध गरिएको छ। शोकाकुल परिवारलाई शव नेपाल पठाउन आवस्यक सहयोग जुटाउन शर्माकी श्रीमती सुस्मा मगरको नाममा रहेको निम्न बैंक खातामा जम्मा गर्न सकिनेछ । Bank Details:- A/cName:- Sushma Magar BSB No :- 062133 A/c No :-11224342
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप LEADING_MAIN
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ ।