नेभिगेशन
LEADING_MAIN

आदिवासी जनजाति मञ्च अष्ट्रेलियामा नयाँ कार्यसमिति चयन

सिड्नी । नेपाली आदिवासी जनजाति मञ्च अष्ट्रेलियामा अरुणकुमार तामाङको नेतृत्वमा नयाँ कार्यसमिति चुनिएको छ । आइतबार सिड्नीमा सम्पन्न मञ्चको साधारणसभाले सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा खिलेन्द्र रानामगर, ठाकुर छन्त्याल र बिष्णु फुम्बु लिम्बु चुनिएका छन् । यसैगरी महासचिवमा कर्ण राजवंशी, सचिवमा लिलबहादुर गुरुङ, कोषाध्यक्षमा शशि सुब्बा लिम्बु, सहकोषाध्यक्षमा फुर्बा छिरिङ तामाङ, सांस्कृतिक सचिवमा सविना लामा, सह सांस्कृतिक सचिवमा रघु जुगजाली, पब्लिक अफिसरमा सुदिप गौचन, कार्यक्रम संयोजकमा रामकुमार राई सिप्तुङखा र आइटी संयोजकमा आशिष लोहारुङ निर्वाचित भएका छन् । नवनिर्वाचित कार्यसमिति सदस्यहरुमा योगन्द्र राई, छिरिङ लामा तामाङ, गौपुर्जा मगर, पदम छन्त्याल, दीपेन्द्र चौधरी, छलबहादुर मगर र ओमकुमार राई रहेका छन् । पदेन उपाध्यक्षहरुमा बिभिन्न जातिय संस्थाका अध्यक्षहरु रहनेछन् । सदस्यहरु समावेशिताको आधारमा थप गर्न सकिने ब्यबस्था रहेको छ । त्यस्तै आदिवासी जनजाति मञ्चका प्रमुख सल्लाहकार गणेश तामाङ चयन भएका छन् भने सल्लाहकारहरूमा शशि राइ र निमा शेर्पा रहेका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप LEADING_MAIN
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ ।