नेभिगेशन
खेलकुद

जी फाइभ माछापुच्छ्रे कप राइजिङ गोर्खाजलाई(फोटो फिचर सहित)

सिड्नी । जी फाइभ माछापुच्छ्रे कप फुटबल प्रतियोगिताको उपाधि दी राइजीङ गोर्खाज क्लब सीड्नीले हात पारेको छ । फाइनलमा लामो यात्रामा सहभागी भएको डार्बिन हर्टसलाई ४-० गोलले पराजित गर्दै दी राइजीङ गोर्खाजले ट्रफी जितेको हो । पाँंच घन्टाको हवाइ यात्रापछि सीड्नीमा जी फाइभ माछापुच्छ्रे कपमा सहभागिता जनाउन आएको डार्बीनले फाइनलमा आफ्नो मुख्य खेलाडी गुमाएपछि राइजीङसँंग घुँंडा टेक्नु परेको थियो । 15135697_1416417878376239_1829688102_n राष्ट्रीय फुटबल टोलीका दुइ हस्ती अनिल ओझा र जगजित श्रेष्ठसम्मीलित मेलवर्नको यती फुटबल क्लबलाई सेमिफाइनलमा पाखा लगाएको डार्बिनका सुलभ मास्केले खेलको अन्ततिर बिनाकारण रातोकाड खानु परेपछि फाइनल खेल खल्लो हुन पुगेको थियो । सेमिफाइनलमा यतीविरुद्ध एक्लैले तिन गोल गरेका सुलभले फाइनल खेल्न नपाउनुनै हारको मुख्य कारण बनेको थियो । मेलवर्नको युनाइटेड फुटबल क्लब नियमित स्ट्राइकर सुरज श्रेष्ठलाई टोलीमा सम्मीलित गरेर आएको डार्बिनले फाइनलमा सुलभको अभाव झेल्नु परयो । सुरज एक्लैले हजार प्रयास गरेपनि फाइनलमा उनको खटाइ बेर्थ भयो । उनको आपसी तालमेलमा अर्को सहयात्री नहुँंदा सुरजको प्रयास ब्यर्थ भएको थियो । प्रतिउत्तरमा बलियो टीम फरम्याटमा उत्रेको राइजिङ गोर्खाजले फाइनलमा मैदानमाथि कब्जा जमाउदै ४-०को फराकिलो जितसहित उपाधि चुमेको थियो । युवा फरवार्ड पारस थापा सहित मैदानमा उत्रेको राइजिङका लागि प्रबल रन्जितकार ,आभाष थापाले एक एक गोल गरे भने डेब्यु म्याचमा पारसले दुइ गोल गरेर आफ्नो उपस्थीती मजबुत गराए । क्वार्टरफाइनलमा आफ्नो पुरानो क्लब ग्रानभिलविरुद्ध निर्णायक गोल गरेका पारसले राइजिङलाई फाइनल सम्म पुरयाउन महत्वपुर्ण भुमिका खेलेका थिए । यती फुटबल क्लबले ग्रानभिललाई फराकिलो अन्तरले हराउदै प्रतियोगितामा तेस्रो स्थान हात पारेको छ । राम्रा खेलाडी र राम्रै कम्बीनेसन भएपनि आपसी तालमेलको अभावमा यतीले तेस्रो स्थानमा चित्त बुझाउनु परेको थियो । छोटो समय र आपसी तालमेल अनि आपसी तालमेल नमिल्दा खेल गुमाउनु परेको यतीका अनिल ओझाले बताए । अनिलले सेमिमा एक गोल पनि गरे । विजेता टोली उपाधि दी राइजीङ गोर्खाजका प्रायोजक रहेको राइट एन्ड एसोसियट्सका बालचन्द्र भट्टराइले टोलीको जितमा खेलाडीहरु नायक रहेको बताए । खेलमा हार जित हुन्छ तर दी राइजीङ गोर्खाजको बलियो पक्ष टिम वर्क भएकोले जितको हतियार त्यही भएको बालचन्द्रले सुनाए ।15134489_1416421811709179_231227289_n प्रतियोगिताको सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडी डार्बीनका सुलभ मास्के घोषित भए । म्यान अफ दी फाइनलको उपाधि डार्बिनका सुरज श्रेष्ठले हात पारे । टीआरजीका सुमिप श्रेष्ठ उत्कृष्ट गोलरक्षक घोषित भए । प्रतियोगिताको विजेताले दुइ हजार डलर र ट्रफी तथा पदक हात पारेको छ भने दोस्रो स्थान हात पार्ने टोलीले आठ सय डलर प्राप्त गरेको छ । ,ग्यालेक्सी एजुकेशन,बिज एजुकेशन,नेपकम, सीडनी एक्सप्रेस, ग्लोब्यान्सी एजुकेशन मिलेर बनेको समुह जी फाइभले प्रतियोगिताको मुख्य प्रायोजन गरेको हो । कार्यक्रममा जी फाइभका राजमान थकालीले सीडनीमा रहेका नेपाली युवाहरुलाई खेलकुदको माध्यमवाट भाइचारा अभिबृद्धीका साथै स्वस्थ र अनुसाशीत बनाउन प्रतियोगितामा लगानी गरेको बताए । 15174571_1416421835042510_526236736_n प्रतियोगिताका विजेता खेलाडीहरुलाई लेबरकी सांसद जुलाइ फीन र अस्ट्रेलियाका लागि नेपालका कार्यबाहक राजदुत राजेन्द्र पाण्डे, एनआरएन अस्ट्रेलियाका पुर्व अध्यक्ष मन केसी, नेप्लीज अस्ट्रेलियन फुटबल संघका अध्यक्ष राजु मानन्धर लगायतले पदक तथा प्रमाणपत्र बितरण गरेका थिए । प्रतियोगिताको भेट्रानतर्फ भने माछापुच्छ्रेले मेलवर्नको यती फुटबल क्लबलाई हराउदै उपाधि जितेको छ । सो उमेर समुहको प्रतियोगिताको सर्वाधिक गोलकर्तामा यती मेलवर्नका हरी गुरुङ, उत्कृष्ट गोलरक्षकमा माछापुच्छ्रेका निरज श्रेष्ठ, उत्कृष्ट खेलाडीमा सोही क्लबका प्रविन जोशी घोषित भए ।15171072_10155428065798219_7298115923884973579_n 15056263_10155428065638219_25655999939795783_n
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ ।