नेभिगेशन
खेलकुद

जी फाइभ माछापुछ्रे कप शनिवार देखि शुरु

माछापुछ्रे क्लबको आयोजनामा यही नोभेम्वरको १९ र २० तारिखमा सिड्नीकाे भालेन्टाइन स्पोट्र्स पार्कमा जी फाईभ माछापुछ्रे कप फुटबल प्रतियोगिता आयाेजना हुने भएको छ । अस्ट्रेलियाका विभिन्न राज्य सम्मीलीत यो प्रतियोगितामा खुल्लातर्फ १६ क्लबले र ४ वटा क्लबले उमेर समुहमा सहभागिता जनाएका छन् । माछापुच्छ्रे क्लबको आयोजनामा हुन लागेको यो प्रतियोगिता भालेन्टाइन स्पोट्र्स पार्क ग्लेनउडमा हुन लागेको हो । यो खेल मैदान न्यु साउथ वेल्स फुटबलकाे आघीकारीक होम ग्राउण्ड हो । क्लबका अध्यक्ष बिजेन बटाजुले प्रतियोगितामा क्यानवेरा, डार्विन, एल्वरी र मेलवर्नबाट पनि टिमहरु सहभागी हुने बताए । प्रातियोगितामा सहभागी हुन २२ वटा क्लबले इच्छा देखाएपनि १६ वटा क्लवमात्र छनौटमा परेका थिए । नाइन ए साइड यो प्रतियोगिताका शुरुका छनोट खेलहरु २० मिनेट अवधिका हुनेछन् भने क्वार्टरफाइनल, सेमिफाइनल र फाइनल आधा घण्टाको हुनेछन् । प्रतियोगितामा पहिलो हुने टिमले २ हजार डलर नगद पुरस्कार, रनिङ सिल्ड, मेडल र प्रमाणपत्र पाउने छ । त्यस्तै, दोस्रो हुनेले ८ सय डलर नगद पुरस्कार रनिङ सिल्ड, मेडल र प्रमाणपत्र पाउने छ र तेस्रो हुनेले ४ यस डलर नगद पुरस्कार, रनिङ सिल्ड, पदक र प्रमाणपत्र पाउने क्लबका अध्यक्ष बटजुले नेपालीपत्रलाई बताए । माछापुच्छ्रे क्लब सन् २०१३ मा स्थापना भएको हो । पोखरा स्थायी घर भएकाहरुले क्लवकाे स्थापना गरेका हुन । नेपालमा ए डिभिजिन क्लवमा अनुभब बटुलेका खेलाडीहरु उकेश श्रेष्ठ, सन्तोस केसी र विभिशन विष्टदेखि रोहित थकाली र बिनम होना पनि माछापुच्छ्रे क्लबमा आबद्ध छन् । माछापुच्छ्रे क्लबले २०१३ र २०१४ मा एमआईटी कप जितेको थियो । यस्तै २०१४ र २०१५ मा जिएनसी लिग च्याम्पियन भएको थियो । सामुदायिक कार्यमा पनि माछापुच्छ्रे क्लबको भुमिका महत्वपूर्व रहेको छ । नेपालमा गएको बिनासकारी भूकम्पको राहत र उद्धारमा क्लवले करिब ३० हजार डलरभन्दा बढीको आपत्तकालिन सहयोग गरेको थियो । प्रतीयाेगीताकाे मुख्य प्रायाेजकका रुपमा जी फाइभ सैक्षीक समूह रहेकाे छ । भिन्न पाँच कम्पनीहरु ग्यालेक्सी , ग्लाेबन्सी, बज एजुकेशन, नेपकम्स र सीड्नी एक्सप्रेस मीलेर जी फाइभ समूह गठन भएकाे हाे ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ ।