नेभिगेशन
खेलकुद

बुढानिलकण्ठलाई हराउँदै डाँफे क्रिकेट क्बल विजयी

सिड्नी । सिड्नी थन्डर क्रिकेट क्लबद्धारा आयोजित थन्डर नेसन कप क्रिकेट प्रतियोगितामा डाँफे क्रिकेट क्लब विजयी भएको छ । निर्धारित ७ ओवरको खेलमा डाँफेले ५ विकेट गुमाएर ६१ रन बनाउनु सफल भएको थियो । जसमा अजय लामाले सर्वाधिक १८ (७ ) बनाएका थिए । भने यता जवाफी ब्याटिङमा बुढानिलकण्ठले ३ विकेट गुमाएर ४७ रन हान्न सफल भयो । सो क्लबका तर्फबाट प्रसुनले १९ (९) बनाउन सफल भए । डाँफेका तर्फबाट अजय लामाले २ ओवरमा बुढानिलकण्ठलाई जम्मा ९ रन दिएका थिए । यो जीतसँगै डाँफे २३ अक्टोबरका दिन थन्डर नेसन कपमा नेपाललाई प्रतिनिधित्व गर्ने भएको छ । अर्लउडमा संचालन भएको उक्त क्रिकेट प्रतियोगितामा जम्मा १६ वटा टिमले भाग लिएका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ ।