थप खेलकुद
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
बार्षिक १ दशमलब ६ अर्ब बराबरको नेपाली उत्पादन अष्ट्रेलियामा आयात गरिदै
बुधबार, साउन १६, २०८१
भर्खरै
- एनआरएनए अष्ट्रेलियाद्वारा सिड्नीमा ‘National Entrepreneur Conference 2026’ आयोजना हुने
- लोकप्रिय अभिनेत्री वर्षा सिवाकोटी सक्सेस एजुकेसनको ब्रान्ड एम्बासडर नियुक्त
- NAWS कप सकर २०२६: दर्ता खुला, अन्तिम मिति ३० अप्रिल
- NAWS कप सकर NAWS कप सकर २०२६: दर्ता खुला, अन्तिम मिति ३० अप्रिल
- सिड्नीमा नेपाली अभिभावक समाज अष्ट्रलद्वारा नयाँ वर्ष र माता तिर्थ औँसी विशेष कार्यक्रम सम्पन्न
क्लबका अध्यक्ष विजेन बटाजुले समाजिक कार्यका साथै फुटबलमा लागेको माछापुच्छ्रे क्लबले यस पटक करिब चार हजार डलर पुरस्कार सहित यस पटक स्तरिय फुटबलको आयोजनागर्न लागेको बताए । दुइ दिने प्रतियोगितामा अस्ट्रेलियाका १६ नेपाली टोलीका सहभागिता रहने बटाजुले बताए । प्रतियोगिताको पहिलो हुने टिमले दुइ हजार डलर दोस्रो हुनेले आठ सय र तेस्रो स्थान प्राप्त गर्नेले चार सय डलर हात पार्ने क्लबका अध्यक्ष बटाजुले जानकारी दिए । बटाजुले फुटबलको आधिकारीक निकायभित्र खेल खेल्दै गर्दा नेपाली फुटबलरहरुले समेत त्यसमावाट फाइदा लिन सक्ने जिकिर गरे ।
दुइ समुह अर्थात खुल्ला र ३५ बर्ष माथि गरी प्रतियोगिताको बिभाजन गरिएको र ३५ मािथको लागि पनि पुरस्कार रकम राखिएको छ । यस बाहेक प्रतियोगिताका बेस्ट प्लेयर,म्यान अफ दी म्याच,वेस्ट गालेकिपर र सर्वाधिक गोलकर्ताको लागि ट्रफी तथा पुरस्कार रहेको क्लबका महासचिव रोहित थकालीले बताए ।
प्रतियोगिताको लिग चरणका खेलहरु दश दश मिनेट गरी कुल २० मिनेटको र क्वार्टरफाइनल देखिका नकआउट खेलहरु पन्ध्र पन्ध्र मिनेट गरी तिस मिनेटको हुने महासचिव थकालीले जानकारी दिए ।
कार्यक्रममा अध्यक्ष बटाजुले प्रतियोगितावाट बचेको रकम पोखराको सहारा क्लबलाई प्रदान गरीने बताए । यसअघिपनि क्लबले बिभिन्न च्यारीटी मार्फत समाजिक कार्यमा सहयोग पुरयाउदै आएको क्लबका पुर्व अध्यक्ष निरज श्रेष्ठले बताए । उनले मुलुकमा आएको बिनासकारी भुकम्प र बाढिका बेलामा क्लबले उल्ल्ेखनिय सहयोग गरेको बताए । उनले त्यसबेलामा क्लबले करिब ३० लाख रुपैयाको सहयोग गरेको सुनाए । सीड्नीमा रहेको माछापुच्छ्रे्र क्लबले छोटो समयमा पनि थुप्रै सरानिय कार्य गर्दै आफ्नो लोकप्रीयता कमाउन सफल भएको छ । क्लबले छोटो समयमा पनि सीड्नीको बिभिन्न फुटबल प्रतियोगिताको उपाधि समेत हात पारेर फुटबलमा अलग पहिचान बनाउन सफल भएको छ ।कार्यक्रममा प्रायोजककोतर्फवाट जी फाइभ ग्रुपकातर्mवाट कृतु केसीले फुटबलको लोकप्रीयता र युवावर्गको आकर्षण अनि भाइचाराको सम्वन्धबृद्धीका लागि सहयोग गरेको बताए । ,ग्यालेक्सी एजुकेशन,बिज एजुकेशन,नेपकम, सीडनी एक्सप्रेस, ग्लोब्यान्सी एजुकेशन मिलेर बनेको समुह जी फाइभले प्रतियोगिताका लागि आर्थिक सहयोग गरेको हो । कार्यक्रममा जी फाइभका राजमान थकाली ,एनआरएनका खेलकुद संयोजक नन्द गुरुङ,अस्ट्रेलियन नेप्लीज फुटबल संघका अध्यक्ष राजु मानन्धर लगायतले प्रतियोगिताको सफलताको कामना गरेका थिए ।