थप खेलकुद
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
बार्षिक १ दशमलब ६ अर्ब बराबरको नेपाली उत्पादन अष्ट्रेलियामा आयात गरिदै
बुधबार, साउन १६, २०८१
भर्खरै
- एनआरएनए अष्ट्रेलियाद्वारा सिड्नीमा ‘National Entrepreneur Conference 2026’ आयोजना हुने
- लोकप्रिय अभिनेत्री वर्षा सिवाकोटी सक्सेस एजुकेसनको ब्रान्ड एम्बासडर नियुक्त
- NAWS कप सकर २०२६: दर्ता खुला, अन्तिम मिति ३० अप्रिल
- NAWS कप सकर NAWS कप सकर २०२६: दर्ता खुला, अन्तिम मिति ३० अप्रिल
- सिड्नीमा नेपाली अभिभावक समाज अष्ट्रलद्वारा नयाँ वर्ष र माता तिर्थ औँसी विशेष कार्यक्रम सम्पन्न
मध्यान्तर अगाडि दुई गोलको अग्रता लिएको राइजिङले मध्यान्तर लगत्तै रक्षापंक्ती चुकेपछि पहिलो गोल खाएको थियो ।
खेलको अन्त्यतिर खेल सकिन झण्डै ५० सेकेण्ड वाकी छँदा जितको नजिक पुगेको राइजिङविरुद्ध ग्रानभिलले गोल गर्दै खेललाई बराबरीमा टुङग्याएको थियो । ग्रानभिलका लागि असिम पोखरेल र शिशिर थापाले एक एक गोल गरेका थिए। टाइब्रेकरमा ग्रानभिल राइनोज्का गोल रक्षक सामुयल श्रेष्ठको चमत्कारीक प्रर्दशनसँगै उपाधि आफ्नो पक्षमा पार्न सफल भयो ।
प्रतियोगितामा सेन्ट जोर्जलाई हराउदै माछापुच्छ्रेले तेस्रो स्थान हात पार्न सफल भयो । प्रतियोगिताको म्यान अफ दी सिरिजमा ग्रानभलिका सुपर गुरुङ ,म्यान अफ दी फाइनलमा ग्रानभिलमा सामुयल श्रेष्ठ, ,वेस्ट डिफेन्डरमा सुदिप क्षेत्री वेस्ट मिडफील्डरमा सुनिल भण्डारी र राजेश श्रेष्ठ छानिएका थिए ।
त्यस्तै ३५ बर्ष माथिको भेट्रान फाइनलमा माछापुच्छ्रेले सेन्ट जोर्जलाई हराउदै पहिलो स्थान हात पारेको थियो । प्रतियोगिताका विजेतालाई एनआरएनएका कार्यवाहक अध्यक्ष दिनेश पोखरेल ,नवाजका सल्लाहकारहरु बद्री अर्याल, उज्वल दाहाल, सन्जु रोका ,नवाजका अध्यक्ष बिनोद शर्मा, एनआरसीका अध्यक्ष विष्णु हमाल, नवाजका भोलुन्टीयर लगायतले ट्रफी, प्रमाणपत्र तथा नगद प्रदान गरेका थिए ।
प्रतियोगितामा प्रथम हुने टीमलाइ सिल्ड, र प्रमाणपत्र सहित १२०० डलर, दोस्रोलाई टीमलाई ६०० र तेस्रो स्थान हात पार्ने टीमलाई ३ सय ५० डलर प्रदान गरिएको थियो । कार्यक्रममा नवाजका भोलुन्टीयर तथा स्पोन्सरहरुलाई प्रमाणपत्रका साथै टोकन अफ लभ पनि प्रदान गरिएको थियो ।
करिब ४ महिना अगाडिदेखि संचालित नवाज कप फुटबलमा १९ टिमको सहभागिता रहेको नवाजका अध्यक्ष बिनोद शर्माले जानकारी दिए । सन् १९९९ मा स्थापीत नवाजले प्रत्येक वर्ष नेपालीबीच भाइचारा तथा आपसी सम्बन्ध विस्तारका लागि फूटबल प्रतियोगिताको आयोजना गर्दै आएको शर्माले बताए । खेलको समापनपछि फुटबलमा आधारित पत्रकार भोजराज भाटद्धारा निर्दे्िशत डकुमेन्ट्री “सुनाकली” समेत प्रर्दशन गरिएको थियो । प्रतियोगिताको म्याच डाइरेक्टरमा पुराना नेपाली फुटबलर राजु मानन्धर रहेका थिए । कार्यक्रमको संचालन नवाजका खेल संयोजक प्रकाश पन्थी तथा नवाजका कोषाध्यक्ष प्रदिप पन्थीले गरेको थिए ।