नेभिगेशन
LEADING_MAIN

एनआरएन अध्यक्ष घलेसँग अन्तरक्रिया सम्पन्न

सिड्नी । अमेरिकाको न्युजर्सीमा हालै गैरआवासीय नेपाली संघको नवौं क्षेत्रिय सम्मेलनमा उठेका मुद्धाहरु तथा घोषणापत्रका वारेमा गैर आवासीन नेपाली संघ अष्ट्रेलियाले सिड्नीमा रहेका नेपाली समुदायसँग एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सेप्टेम्बर ११ आइतबारका दिन भएको उक्त अन्तरक्रिया कार्यक्रममा एनआरएन अध्यक्ष शेष घलेले नवौं सम्मेलनद्धारा पारित घोषणापत्र तथा “भिजन २०२० एण्ड वियोण्ड”का वारेमा अस्ट्रेलियाका नेपाली समुदायलाई थप प्रष्ट्याएका थिए । सो अवसरमा अध्यक्ष घलेले भूकम्प प्रभावितको सहयोगको लागि गोरखाको लाप्राकमा एक हजार नमुना घरको निर्माणको तयारी अन्तिम चरणमा पुगेको बताए । साथै एनआरएन भवन निर्माण अन्र्तगत जग्गा प्रकरणमा केही विवाद बाहिर आएको प्रसंगमा घलेले जग्गाको विवाद मिलिसकेको बताउँदै आफ्नै कार्यकालमा भवन निर्माण हुने बताए । घलेले एनआरएनमा सदस्यता संख्या हाल ५० हजारमात्र रहेको बताउँदै उनले भने– विश्वभर ७५ मुलुकमा संजाल रहेको संस्थाको यो संख्या न्युन हो । विश्वसनीयता र साख कमाएको संस्था एनआरएनमा भावी दिनहरुमा सदस्यता संख्या बढाउनुपर्ने टड्कारो आवश्यकता रहेको औल्याए । एनआरएनका उपाध्यक्ष भवन भट्टका सम्बन्धमा आएको समाचारका वारेमा घलेले मिटिङको माइन्युट बाहिर नआइसकेको बताउँदैं मिटिङमा के विषयमा छलफल भयो भन्ने कुरा माइन्युट आएपछि मात्रै थाहा हुने बताए । घलेले नवौ क्षेत्रिय सम्मेलनले नेपालमा मात्र नभएर प्रवासका नेपालीको मुद्धाहरुमा समेत केन्द्रित भएको बताउँदै मध्यपूर्व र खाडीका विषयमा थुप्रै परियोजनाहरु अघि सारिएको बताए । कार्यक्रममा घलेले युवा, महिला तथा विदेशमा जन्मिएका दोस्रो पुस्ता लगायतका बिषयवस्तुलाई आफूले गम्भीरतापूर्वक लिएको बताउँदै लामो समयदेखि भन्दै आएको र सरोकारको विषय रहेको खुल्ला विश्वविद्यालय ऐन संसदबाट पारित भएको बताए । कार्यक्रममा आइसीसी युवा संयोजक विजय पोखरेलले आसन्न विश्व युवा सम्मेलनको बारेमा उपस्थित सहभागीलाई जनकारी गराएका थिए । पोखरेलका अनुसार नेपाल सरकार खेलकुद तथा युवा मन्त्रालय, राष्ट्रिय युवा परिषद र गैर आवासीय नेपाली संघको संयुक्त आयोजनामा आउँदो अक्टोवर १ देखि ४ सम्म काठमाडौमा युवा सम्मेलन हुनेभएको छ । विश्वभरि छरिएर रहेका युवाहरुलाई लक्षित गरी आयोजना गरिन लागिएको नेपाली युवाहरुको ग्लोवल सम्मेलन अक्टोवर १ र २ तथा युवा महोत्सव अक्टोवर ३ र ४ मा दशरथ रंगशालामा हुनेछ । कार्यक्रममा एनआरएन अष्ट्रेलियाका अध्यक्ष कार्यबाहक अध्यक्ष दिनेश पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा न्यु साउथ वेल्सका लागि नेपाली महाबाणिज्यदूत दिपक खड्का पूर्व आइसीसी प्रवक्ता मन केसी एनआरएन अस्ट्रेलियाका पब्लिक रिलेसन अफिसर शमिम अनवरले एनआरएनएका सम्बन्धमा आआफ्नो मन्तव्य राखेका थिए । एनआरएन अष्ट्रेलियाका कोषाध्यक्ष डिला खरेलले सञ्चालन गरेको उक्त कार्यक्रममा सहभागीहरुले एनआरएनएका विविध विषयमा अध्यक्ष घलेलाई जिज्ञासा समेत राखेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप LEADING_MAIN
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ ।