थप नेपाल समाचार
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
बार्षिक १ दशमलब ६ अर्ब बराबरको नेपाली उत्पादन अष्ट्रेलियामा आयात गरिदै
बुधबार, साउन १६, २०८१
भर्खरै
- अस्ट्रेलियामा छठ पूजा २०२५ भव्य रूपमा मनाइने
- प्रधानमन्त्री सुशिला कार्की र अष्ट्रेलियाली राजदुत लिअन जोनस्टन बीच भेटवार्ता
- आगामी मंगलवार अष्ट्रेलियाका विभिन्न शहरहरुमा लक्ष्मीपुजा गरिने
- कोजाग्रत पूर्णिमा आज : दशैंको समापनसहित महालक्ष्मीको आराधना, तिहारको तयारी सुरु
- “सक्सेस"को सफलतामा आदर्शको इमानदारीता
साताको लोकप्रीय
पुस्तक करीब ४९६ रंगीन पेज रहेको पुस्तक हार्ड कभरमाको रुपमा सिमीत संस्करणमा प्रकाशित हुनेछ । उक्त पुस्तक अष्ट्रेलियाको नेपाली समुदायको ऐतीहासिक पुस्तकको रुपमा आउने बिश्वास नेपाली समुदायको छ ।
बहुसांकृतीक अष्ट्रेलियाली समुदायमा नेपाली समुदायको योगदानको सर्हाना गर्दै अष्ट्रेलियाली आप्रवास मन्त्री पीटर डट्नले यो पुस्तकलाई बधाई दिएका छन् ।
त्यस्तैगरी संचार छायामन्त्री मिशेल रोल्याडले “पुस्तक प्रकाशनले नेपाली समुदायलाई बुझ्न सहयोग गर्ने आउदो पुस्ताका प्रवासीहरुलाई उदाहरणीय रहने“ बताए ।
गैर आवासीय नेपाली संघका अध्यक्ष शेष घलेले नेपाली डायस्पोरा समुदायको वास्तविक जीवनसंग सम्बन्धीत यस पुस्तकले नेपालीहरुको इतिहासको जर्गेना गर्नेमा बिश्वस्त रहेको बताएका छ ।
पुस्तकको महत्वलाई ध्यानमा राखी “फार एण्ड अवे”लाई भरिसक्ये सबै नेपाली समुदायहरु, पुस्तकालयहरु, प्रवासी सम्बन्धी संस्थाहरु, नेपाली व्यवसायहरुमा पुर्याउने जानकारी प्रोजेक्टका सदस्य डिला खरेलले दिए ।
सन् १९९९ देखि नेपालमा कान्तिपुर पब्लिकेशन्सबाट फोटोग्राफीलाई आफ्नो प्रोफेसन बनाएकी शाहले छोटो समयमा नै फोटो पत्रकारिताजगतमा आफ्नो स्थान बनाउन सफल भइसकेकि थिइन् । एक सानी बालीकाले कठिन ताकासाथ रोपवे बाट त्रिशुली नदी तर्दे स्कुल गइरहेको उनको तस्वीरले सन् २००२ मा राष्टिय फोटो प्रतियोगितामा दोस्रो उत्कष्त तस्वीरको उपाधि जितेको थियो र उनका तस्वीरहरुले अहिले सम्ममा चीन, मलेसिया, बेलायत र अष्टेलियामा थुप्रै उपाधिहरु जित्न सफल भइसकेको छन् ।
सन् २००४ मा बेलायतको युनिर्भसिटी अफ वेस्टमिनीस्टरबाट फोटोपत्रकारितामा स्नाकोत्तर गरेकि शाहले अस्टे्रलियामा विगत ६ वर्ष देखि आफ्नै स्टुडियोमा धेरै समय र्सिजनात्मक फोटोग्राफीमा बिताउने गरेकि छिन् । जीवनशैलीमा आधारित आफ्ना जीवन्त तस्वीरहरुलाई पारखी सामु पुर्याउन खप्पीस शाहको सिर्जनालाई त्यहाका मानिसहरुले असाध्यै मन पराउछन् । उनका तस्वीरहरु संसारकै उत्कष्ट संग्राहलयस्तर कागजहरुमा छापीन्छन् । अत्यन्तै जीवन्त तस्वीरहरुले भरीएको उक्त पुस्तकले अष्ट्रेलियामा नेपाली समुदायले रचनात्मक क्षेत्रमा पनि आफ्नो उपस्थिती बनाउनेछ भन्नेमा कुनै दुई मत नहोला । तस्वीरमा आउदा परिवारहरुलाई आ–आफ्नो मनपर्ने पहिरन तथा आफ्नो कथा बताउने सामानहरु ल्याउन अभिप्रेरित गरिएको जानकारी दिइएको छ ।
त्यसैगरीे परिवारहरु आफ्नो बिशेष तस्वीरका साथ साथै हरेक परिवारहरुको छोटो जीवनी पनि रहेको छ, जसलाई योगेन्द्र विष्टले लेखेका छन् ।
प्रवास बसाईका क्रममा भोगेका कयौं दुखसुखलाई आत्मसात गरी सफल जीवन बिताउने क्रममा रहेको नेपालीहरुको कथा पक्कै पनि प्रेरणादायी हुनेछन् भनेर विष्ट आशावादी छन् । बिष्ट नेपालमा प्राध्यापन सहित उनको संलग्नता बिभिन्न खोजमुलक अनुसन्धानमा थियो । यस पत्रिकाका संस्थापक समेत रहेर एसोसियट एडीटरको रुपमा कार्यरत बिष्टले सन् १९९९ मा कान्तिपुर पत्राकारिता अर्वाड पाउन सफल भएका थिए । बिष्ट जर्नालिजम, कानुनका साथ साथै अष्ट्रेलियामा मक्वारि र सेन्ट्रल क्यून्सल्याण्ड विश्व विद्यालयबाट क्रमश निती तथा सामाजिक अनुसन्धानमा र लेखाशास्त्रमा स्नाकोत्तर गरिसकेका छन् ।