नेभिगेशन
LEADING_MAIN

एकाको तेस्रो अधिवेशन सम्पन्न निरजको नेतृत्वमा नयाँ कार्यसमिति

सिड्नी । अष्ट्रेलियन एजुकेशन कन्सल्टेन्ट्स अलायन्स (एका) को तेस्रो अधिवेशन अगस्ट १२ तारिखमा सिड्नीमा सम्पन्न भएको छ । अधिवेशनले विभिन्न प्रतिवेदनहरू पारित गर्नुका साथै दुई वर्षको लागि नयाँ कार्यसमिति पनि गठन गरेको छ । नयाँ कार्यसमितिको अध्यक्षमा निरज श्रेष्ठ, उपाध्यक्षमा भूपाल सिटौला र बद्री जैसी र सचिवमा सुरज श्रेष्ठ निर्वाचित भएका छन्। त्यस्तै सहसचिवमा राजमान थकाली, कोषाध्यक्षमा सुभांशप्रसाद साह र सदस्यहरूमा बालचन्द्र भट्टराई, सन्दीप खनाल, अभिमानसिंह बस्नेत, नारायण कोइराला र कमल लामिछाने निर्वाचित भएका छन्। सबै पदाधिकारी तथा सदस्यहरू निर्विरोध निर्वाचित भएका थिए। नवनिर्वाचित अध्यक्ष निरज श्रेष्ठले आफूलाई अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरेकोमा सबैलाई धन्यवाद दिँदै संस्थाको उद्देश्यप्राप्तिमा नयाँ कार्यसमिति लागिपर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। अधिवेशनमा सिड्नी, मेल्बर्न र ब्रिस्बेनका गरी तीसभन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप LEADING_MAIN
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ ।