नेभिगेशन
अन्य

संविधान विधेयकमाथि सैद्धान्तिक छलफल सुरु

काठमाडौं । संविधानसभामा संविधान विधेयकमाथि आजबाट सैद्धान्तिक छलफल सुरु भएको छ । संविधान विधेयकमा समावेश विषयवस्तुको सैद्धान्तिक छलफलमा धेरै सभासदले भाग लिने आँकलन गर्दै संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले दैनिक ११ घण्टा छलफल चलाउने गृहकार्य गरेका छन् । आजको संविधानसभाको बैठक संविधानसभा भवन नयाँ बानेश्वरमा सुरु भएको छ । बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म निरन्तर चल्ने बैठक विधेयमाथिको छलफल नसकिँदासम्म दैनिक बस्ने उनले बताए । वक्ता सभासदले ५ मिनेटको समय पाउनेछन् । सभासदहरूले अन्य विधेयकको सैद्धान्तिक छलफलमा सामान्यतः ३ मिनेटको समय पाउँथे । संविधानसभामा संसद्मा जस्तो दलीय आधारमा नभई सभासदले व्यक्तिगत आधारमा बराबरी समय प्राप्त गर्छन् । ुसंविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले आज संविधान विधेयकमाथिको सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव राखेपछि सभासदहरूको बोल्ने समय सुरु भएको छ । यसअघि उनले सदनमा टेबल गरेको विधेयक अध्ययनका लागि सभासदलाई तीन दिनको समय उपलब्ध गराइएको थियो । संविधानसभाले संविधान विधेयकलाई सैद्धान्तिक रूपमा पारित गरेपछि सभासदहरूले संशोधनका लागि समय प्राप्त गर्नेछन् । संविधानसभा नियमावलीअनुसार यस्तो संशोधन दर्ता गराउन सभासदले पाउने समय सीमा ७ दिनको हुनेछ । यसअघि छिटो संविधान जारी गर्ने उद्देश्यले विधेयक अध्ययन र संशोधन दर्ता गराउने समय छोटयाउन नियमावली निलम्बनको तयारी गरिएको भएको थियो । अन्तिम समयमा विधेयक अध्ययनका लागि पुरै समय उपलब्ध गराएका नेम्वाङले संशोधन दर्ता गराउने समय सीमा छोटयाउने विषयमा दलहरूको समझदारी पर्खेका छन् । नियमावली निलम्बनका लागि कार्यव्यवस्था परामर्श समितिको सिफारिसमा सभाध्यक्षले राख्ने प्रस्तावमा सभाको स्वीकृत आवश्यक पर्छ । समितिमा संविधानसभामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधि सम्मिलित छन् । सैद्धान्तिक छलफलमा संविधान विधेयकको समग्र सिद्धान्त र विषयवस्तुका बारेमा मात्रै छलफल हुन्छ । विधेयकमाथिको दफावार छलफल भने सैद्धान्तिक रूपमा स्वीकृत विधेयकमाथि सभासदले संशोधन प्रस्ताव दर्ता गराएपछि मात्रै सुरु हुन्छ । नियमावलीअनुसार दफावार छलफल सकिएपछि संविधान विधेयकको प्रस्तावनादेखि प्रत्येक धारामा मतदान हुन्छ । सभासदले राख्ने कुनै संशोधन प्रस्तावका पक्षमा दुईतिहाइको समर्थन प्राप्त हुँदा मूल विधेयकको प्रावधान संशोधन हुन सक्छ । संशोधन प्रस्तावसहित संविधान विधेयकका प्रत्येक दफा ध्वनिमतबाट निर्णय भएपछि प्रस्तावनासहित विधेयकका सबै भागलाई एकैपटक मतदानमा लैजाने संविधानसभा सचिवालयको तयारी छ । संविधानको कुनै पनि धाराको पक्षमा हुने सभासदले हुन्छ भन्ने र विपक्षमा रहेका सभासदले हुन्न भन्ने प्रक्रियाबाट हुने निर्णयमा चित्त नबुझी ६१ सभासदले मत विभाजनको माग गरेको अवस्थामा भने उक्त धाराको पक्ष÷विपक्षका सभासदले हस्ताक्षर नै गरेर निर्णय दिनुपर्छ । प्रस्तावित विधेयकको मूल विषयमा कांग्रेस, एमाले र एमाओवादीसहितका दलहरूको एकमत भएकाले संविधानसभाको दुईतिहाइले संविधान पारित हुने निश्चितप्रायः छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै