नेभिगेशन
एनआरएनए निर्वाचन २०२५

समावेशी, सक्षम र उत्तरदायी एनआरएनको लागि भुवन पाण्डेको उम्मेदवारी 

सिड्नी । एनआरएनए अष्ट्रेलियाको यहि जुलाई २६ तारिख शनिबार हुने निर्वाचनमा  भुवन पाण्डेले अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्य पदको लागि उम्मेदवारी दिएका छन् ।

 २०११–२०१३ मा एनआरएनए अष्ट्रेलियाको राष्ट्रिय समन्वय परिषद् (NCC) सदस्य र २०१३–२०१५ मा एनआरएनए न्यू साउथ वेल्स  राज्य समितिको सचिवको रूपमा जिम्मेवारी निर्बाह गरिसकेका पाण्डेले यस अवधिमा संस्थालाई  संस्थागत बनाउने, राज्य तथा राष्ट्रिय तहमा समन्वय विस्तार गर्ने र समुदायसँगको सम्बन्ध सुदृढ बनाउने कार्यमा महत्वपूर्ण भूमिका खेलेका छन् ।


सामाजिक उत्तरदायित्व प्रति प्रतिबद्ध, व्यावसायिक रूपमा परिपक्व, र अनुभवले खारिएका पाण्डेले आफ्नो  नेतृत्वमा विभिन्न सामाजिक तथा शैक्षिक कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गराए ।  जसले अष्ट्रेलियामा रहेका नेपाली प्रवासीहरूको जनजीवनमा सकारात्मक प्रभाव पारेको थियो ।


 पछिल्ला १० वर्षमा विभिन्न सामाजिक, शैक्षिक तथा सामुदायिक संस्थाहरूमा जिम्मेवार भूमिकामा रहेर सेवा दिइरहेका पाण्डे  संस्था निर्माणमा विश्वास राख्ने, समन्वयकारी भूमिका खेल्न सक्ने र व्यवहारिक निर्णयमा विश्वास गर्ने नेतृत्वकर्ताका रुपमा परिचित छन् ।

 आफ्ना बिगतको अनुभवलाई नयाँ पुस्तासँग बाँड्दै , प्रवासी समुदायका आवश्यकता र चुनौतीहरूबारे जानकार पाण्डे आफ्नो यो उम्मेद्वावारी केवल पदका लागि मात्र नभएर समावेशी, सक्षम र उत्तरदायी एनआरएनएको लागि भएको बताउछन् । 


 एनआरएनएको अभियानमा करिब एक दशकपछि सक्रिय भएर योगदान दिने उद्देश्यका साथ अघि बढेका पाण्डे  भन्छन्  -“हामी सबै मिलेर, साझा दृष्टिकोण र परिपक्व सोचसहित, अझ सक्षम, समावेशी र उत्तरदायी एनआरएनए निर्माण गर्न सक्छौं । एनआरएनए कुनै व्यक्तिको संस्था होइन — यो हामी सबै प्रवासी नेपालीहरूको साझा घर हो।”


“नेतृत्वको मूल्य केवल अनुभवमा होइन, दृष्टिकोण, समर्पण र सहकार्यको क्षमतामा हुन्छ।” भन्ने कुरामा विश्वास राख्ने पाण्डेको उम्मेदवारीले नयाँ पुस्ताका लागि प्रेरणा, र संगठनको रूपान्तरणका लागि आधार बन्ने विश्वास गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्