नेभिगेशन
LEADING_MAIN

नेपाल न्युज अष्ट्रेलियाको ११ औ बार्षिकोत्सव सम्पन्न 


सिड्नी । अष्ट्रेलियाका लागि नेपालका नवनियुक्त राजदुत चित्रलेखा यादवले समाजलाई सहि मार्गमा लैजान र जनमत निर्माण गर्न सञ्चार क्षेत्रको भूमिका महत्वपुर्ण रहदै आएको बताएकी छिन् ।

 

सिड्नीको ग्र्यानभिल स्थित रातोघर भेन्युमा यहि फ्रेवारी १ तारिख शनिवार सम्पन्न नेपाल न्युज अष्ट्रेलियाको ११ औ बार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै राजदुत यादवले राज्यको चौथो अंगको रुपमा रहेको सञ्चार क्षेत्रमा क्रियाशिल संचारकर्मीहरु आफ्नो ब्यबसायिक मर्यादामा रहेर समाज र राज्य प्रतिको आफ्नो दायित्व र जिम्मेवारी पुरागर्नु पर्नेमा जोड दिईन । उनले अष्ट्रेलियाको ब्यस्त जीवनशैलीका बावजुद पनि आफ्नो समय निकालेर यहाँको सामुदायिक पत्रकारितामा क्रियाशील पत्रकारहरुको योगदान यहाँको नेपाली समाजका लागि अनुकरणीय रहेको उल्लेख गरिन । 
शुभकामना मन्तब्य व्यक्त गर्दै नेपाली कांग्रेसका नेता एबम् पूर्वमन्त्री बलबहादुर केसीले पत्रकारले चलाउने कलम शक्तिशाली रहने र त्यसलाई पत्रकारिताको ब्यबसायिक आदर्श र मर्यादामा रहेर रास्ट्र र समाजको हितको पक्षमा सदुपयोग गर्न पत्रकारहरु लाग्नुपर्नेमा जोड दिए ।  उनले मन परेन भन्दैमा कसैलाई खेद्ने र मन पर्यो भन्दैमा काँधमा बोक्ने पत्रकारितालाई ब्यबसायिक पत्रकारिता भन्न नसकिने बताए ।  
कार्यक्रममा नेपालका बरिस्ठ पत्रकार प्रतीक प्रधानले पत्रकारिताको कठिन बाटोमा अविछिन्न रुपमा आफुलाई अगाडी बढाउदै आएको नेपाल न्युज अष्ट्रेलिया यहाँको नेपाली समुदायको ढुकढुकी बन्न सकेको आफुले पाएको बताउदै समुदाय केन्द्रित पत्रकारितालाई समुदायको साथ सहयोग र हौसला दिनुपर्नेमा जोड दिए । उनले सञ्चारको क्षेत्रमा भएको प्राबिधिक उपलब्धिलाई सञ्चारकर्मीले समाजको हितमा उपयोग गर्न सक्नुपर्ने बताए । बरिस्ठ पत्रकार प्रधानले नेपालको बर्तमान पत्रकारिता बिशेसगरि प्रमुख राजनैतिक दलहरुकै पेरिफेरीमा अल्झीरहेको र आफ्नो ब्यबसायिकतामा दह्रो रुपमा उभिन नसकेको जानकारी गराए । 
 एनआरएनए आइ सी सी उपाध्यक्ष बिनोद श्रेष्ठले सत्य तथ्यमा आधारित समाचारले नै समाजलाई सहि मार्गमा लैजान सक्ने बताउदै जिम्मेवार संचारकर्मीले आफ्नो कलम चलाउदा पत्रकारिताको मुल्य आदर्श र सिद्दान्तलाई भुल्न नहुने उल्लेख गरे । 


न्यु साउथ वेल्स राज्यका लागि नेपाली बाणिज्यदुत संजीव शर्माले नेपाल न्युज अष्ट्रेलियाले यहाँको नेपाली समुदायको पक्षमा चलाउदै आएको कलम आगामी दिनमा अझ तिखारिदै जाने बिश्वास व्यक्त गरे ।

कार्यक्रमका प्रमुख प्रायोजक ज्ञानेन्द्र कार्कीले नेपाली समुदाय प्रति नेपाल न्युज अष्ट्रेलियाले पुर्याउदै आएको योगदानलाई सम्मान गदै आफुले बिगत तीन बर्षदेखी साथ र सहयोग गर्दै आएको बताउदै आगामी बर्षहरुमा पनि यो सहयोगलाई निरन्तरता दिने बताए । गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णु सुवेदीले समयसंगै संचार प्रविधिमा भएको प्रगतिलाई समाजको हितको पक्षमा उपयोग गर्न सञ्चारकर्मीहरु प्रबिधिमैत्री हुन सक्नुपर्नेमा जोड दिए । उनले व्यसायिक मर्यादामा रहेर गरिने पत्रकारिता नै आजको आवस्यकता रहेको उल्लेख गरे ।


एनआरएनए ओसियाना संयोजक दिनेश पोखरेलले समाजको अभिन्न अंगको रुपमा स्थापित पत्रकारितालाई अझ जिम्मेवार बनाउदै लैजानुपर्ने बताए । 

 


 एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखेलले समाजको ऐनाको रुपमा रहने पत्रकारले कलम चलाउदा आफ्नो ब्यबसायिक मर्यादा कायम गर्नुपर्ने बताए ।

 सो अवसरमा  सो अवसरमा  नेपालका बरिस्ठ पत्रकार प्रतीक प्रधान समक्ष कानुन ब्यबसायी संजीव पाण्डे ,सामाजिक अभियन्ता दिनेशराज जोशी  लगायतका व्यक्तित्वहरुले नेपाली पत्रकारिताको समग्र पक्षलाई समेटेर आ आफ्नो जिज्ञासा राखेका थिए ।

नेपाल न्युज अष्ट्रेलियाका प्रधान सम्पादक माधव गैह्रे ,प्रबन्ध सम्पादक हेमन्तराज काफ्ले र सम्पादक कृष्ण तिवारीले नेपाल न्युज अष्ट्रेलियाको बिबिध पक्षका बारेमा आ आफ्नो धारणा राख्दै नेपाल न्युज अष्ट्रेलियाको यहाँसम्मको यात्रामा साथ सहयोग र हौसला दिने सवैप्रति आभार व्यक्त गरेका थिए । उनीहरुले आगामी दिनमा बिगतका कमि कमजोरीलाई सच्याउदै समाजो हितका पक्षमा अझ शसक्त रुपमा अगाडी बढ्ने प्रतिबद्दता व्यक्त गरे ।

 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप LEADING_MAIN
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै