नेभिगेशन
न्यू साउथ वेल्स

अनेसास न्यु साउथ वेल्सद्वारा ११२औं भानु जयन्तीको अवसरमा “अनेसास कविता महोत्सव २०२५” भव्य रूपमा सम्पन्न

सिड्नी। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्यु साउथ वेल्स च्याप्टरले ११२औं भानु जयन्तीको अवसरमा “अनेसास कविता महोत्सव २०२५” आयोजना गरी भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रम सिड्नीको ब्ल्याकटाउनस्थित प्रिशा इभेन्ट्समा जुलाई १३ तारिक आईतवारका दिन भएको थियो।IMG_0232-1752439559.jpeg

अनेसास न्यु साउथ वेल्सका अध्यक्ष डा. प्रकाश पौडेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम नेपाली राष्ट्रिय गानबाट प्रारम्भ गरिएको थियो। प्रमुख अतिथि एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोख्रेल र विशेष अतिथि वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलले पानसमा दियो प्रज्वलन गरी आदिकवि भानुभक्त आचार्यप्रति श्रद्धाञ्जलि अर्पण गर्दै कार्यक्रमको औपचारिक शुभारम्भ गरेका थिए।

कार्यक्रममा “अनेसास बोर्ड अफ अनर” को पनि उद्घाटन गरिएको थियो, जसमा संस्थाको स्थापना कालदेखि हालसम्मका अध्यक्षहरूको नाम र कार्यकाल उल्लेख गरिएको छ। उक्त उद्घाटन कार्य एनआरएनएका अध्यक्ष अनिल पोख्रेल तथा अनेसासका पूर्वअध्यक्षद्वय महेन्द्र पौडेल र सानु घिमिरेले संयुक्त रूपमा गरेका  थिए ।IMG_0233-1752439631.jpeg

कविता महोत्सवको औपचारिक आरम्भ दमन्ती पराजुलीद्वारा आदिकवि भानुभक्तको कविता वाचनबाट भएको थियो। कार्यक्रममा विशेष अतिथि ज्ञानुवाकर पौडेल, जीवराज घिमिरे, त्रिपुरा पौडेल लगायत करिब तीन दर्जन कवि तथा साहित्यकारहरूले आ–आफ्ना रचनाहरू वाचन गरेका थिए।

कविता वाचन गर्ने सहभागीहरूमा महेन्द्र पौडेल, सानु घिमिरे, निस्प्रभ सजी, जितेन्द्र मल्ल, महेश्वर शर्मा, सौरभ किरण श्रेष्ठ, प्रज्ञा पनेरु, सुरेन्द्र दवाडी, प्रकाश पन्थी, रिचा गौतम, जानकी पौडेल, सन्तोष शर्मा, डा. गणेश केसी, सुमन थापा ‘संगम’, मुक्तिरम पोख्रेल, चतुर्भुज खरेल, भावना पराजुली, जेनिशा गौतम, बिष्णु घिमिरे, आयाम घिमिरे, डा. राजु मानन्धर, प्रविन टन्डन, राम कोइराला, राहुल अर्याल, नेत्र प्रसाद पौडेल, सन्तोष रिजाल लगायतका सशक्त स्रष्टाहरू थिए।

शुभकामना मन्तव्यका क्रममा प्रमुख अतिथि पोख्रेलले अनेसासद्वारा प्रवासमा नेपाली भाषा र साहित्यको प्रवर्द्धनका लागि गरिँदै आएको योगदानको मुक्तकण्ठले प्रशंसा गर्दै एनआरएनए अष्ट्रेलिया आगामी दिनमा अनेसाससँग सहकार्य गर्दै अझ प्रभावकारी साहित्यिक गतिविधिमा संलग्न रहने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमका लागि सहयोग पुर्याउने अनिल पोख्रेल, रञ्जित शाह, चतुर्भुज खरेल, बिनोद कुँवर, र मनकाश पियालाई अनेसास अध्यक्ष तथा महासचिवद्वारा “टोकन अफ लभ” प्रदान गर्दै सम्मान गरिएको थियो। त्यस्तै, कार्यक्रम संयोजनमा विशेष भूमिका निर्वाह गरेकी जेनिशा गौतम तथा मिडिया सहयोगी जीवन रायमाझीलाई पनि विशेष सम्मान गरिएको थियो।IMG_0234-1752439854.jpeg

यसै क्रममा साहित्यिक योगदान, निरन्तर सक्रियता तथा पुस्तक प्रकाशनमार्फत अनेसासको सशक्त सशक्तीकरणमा उल्लेखनीय भूमिका खेलेका संस्थाका सल्लाहकार राम कोइरालालाई “अनेसास वर्ष अवार्ड” प्रदान गरिएको थियो।

कार्यक्रमको समापन गर्दै अध्यक्ष डा. प्रकाश पौडेलले समस्त सहभागी साहित्यकार, अतिथि, पत्रकार, प्रायोजक र श्रोताहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरूमा पनि यस्ता साहित्यिक गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमको सञ्चालन संस्थाकी महासचिव भावना पराजुलीले गरेकी थिइन्।IMG_0235-1752439883.jpegIMG_0236-1752439914.jpeg
IMG_0237-1752439939.jpeg
IMG_0238-1752440106.jpeg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्