नेभिगेशन
LEADING_MAIN

४७औँ राष्ट्रपति पदमा डोनाल्ड ट्रम्पद्वारा शपथ

काठमाडौं । रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प अमेरिकाको ४७औँ राष्ट्रपति  बनेका छन् ।  अमेरिकामा गत नोभेम्बर ५ मा भएको राष्ट्रपतीय चुनावमा निर्वाचित डोनाल्ड ट्रम्पले पद तथा गोपनीयताको शपथ लिएका छन् । ट्रम्पले 'म यो कुराको गम्भीरतापूर्वक शपथ लिन्छु कि म संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिको पदलाई निष्ठापूर्वक निर्वाह गर्ने छु र आफ्नो पूर्ण क्षमताअनुसार अमेरिकाको संविधानको संरक्षण, बचाउ र रक्षा गर्ने छु' भन्ने वाक्यांश वाचन गरेसँगै औपचारिक रूपमा अमेरिकाको ४७ औं राष्ट्रपति बनेका हुन् ।

ट्रम्पले न्याय विभागको अनुचित र भेदभावपूर्ण प्रयोगको अन्त्य गरिने बताए। उनले अमेरिकाको सार्वभौमसत्ता र सुरक्षा पुनर्स्थापित हुनेछ उल्लेख गर्दै न्यायको सन्तुलन पनि पुनर्स्थापित हुने बताए । उनले भने, ‘‘हाम्रो सर्वोच्च प्राथमिकता स्वाभिमान, समृद्धि र स्वतन्त्रताले भरिपूर्ण मुलुक निर्माण गर्ने हो ।’’डोनाल्ड ट्रम्पले राष्ट्रपति बनेपछि आफ्नो योजनाबारे जानकारी दिएका छन् । उनले आज अमेरिका–मेक्सिको सीमामा राष्ट्रिय संकटकाल घोषणा गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने बताए ।

ट्रम्पलाई प्रधानन्यायाधीश जोन रोबर्ट्सले राजधानी वासिङ्टन डिसीस्थित संसद् भवन युएस क्यापिटल हिलको रोटुण्डा भवनमा आयोजित विशेष समारोहमा सपथ गराएका हुन् । 
शपथ समारोहमा अमेरिका पूर्व राष्ट्रपति जो बाइडेन, बाराक ओबामा, जर्ज बुसलगायत अन्य नेताहरू पनि देखिएका थिए ।  कार्यक्रममा विभिन्न देशका राष्ट्राध्यक्ष र ठूला नेता सहभागी भए । जसमा भारतका तर्फबाट विदेशमन्त्री एस. जयशंकरले प्रतिनिधित्व गरेका थिए ।  राजनीतिक नेताहरूसँगै हलिउड उद्योग र टेक्नोलोजी जगतका थुप्रै चर्चित व्यक्तिहरू पनि कार्यक्रममा सहभागी भए। यसका अलावा, बक्सर जेक पाउल र उनका दाजु लोगन पाउलपनि उस्थित थिए । मेटाका सीईओ मार्क जकरबर्ग, अमेजनका सीईओ जेफ बेजोस, गुगलका सीईओ सुन्दर पिचाई र टेस्लाका सीईओ एलन मस्क पनि कार्यक्रममा सहभागी भएका थिए। यी सबै सोमबार वाशिंगटन डीसीस्थित क्यापिटल रोटुन्डामा डोनाल्ड ट्रम्पको शपथ समारोहमा उपस्थित भएका थिए।

सामान्यत: शपथ ग्रहण समारोह क्यापिटलको बाहिर हुने गरेको भएपनि यसपटक अत्यधिक चिसोका कारण भवनभित्र गरिएको हो । यसअघि सन् १९८५ मा रोनाल्ड रेगनको शपथ ग्रहण समारोह क्यापिटल हिलभित्र आयोजना गरिएको थियो

यसअघि ट्रम्प सन् २०१७ देखि २०२१ सम्म अमेरिकाको राष्ट्रपति थिए । २०१६ को चुनावमा डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनलाई हराएका ट्रम्प सन् २०२० मा जो बाइडेनसँग पराजित भएका थिए ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप LEADING_MAIN
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै