नेभिगेशन
नेपाल समाचार

पत्रकार भूषण पोखरेललाई पितृशोक 


सिड्नी । नेपाल पत्रकार महासंघ रेडियो नेपाल प्रतिष्ठान शाखाका अध्यक्ष पत्रकार भूषण पोखरेललाई पितृशोक परेको छ । पत्रकार पोखरेलका बुवा युवराज पोखरेलको ८५ बर्षको उमेरमा गत सोमबार (असार १६ गते)  निधन भएको हो ।


पारिवारिक स्रोतले दिएको जानकारी अनुसार रौतहटको चन्द्रपुर नगरपालिका -२ मा बसोबास गर्दै आएका पोखरेल केहि समय देखि अस्वस्थ्य रहेको र  बिगत केहि महिनादेखि उहाँको स्वास्थ्य स्थिति जटिल बन्दै गएको थियो ।

स्व. युवराज पोखरेलका रबिन , भुषण , बिमल  र सुनिप पोखरेल गरि चार छोरा र सुशिला, निर्मला र पवित्रा तीन छोरीहरु रहेका छन । छोरा बिमल पोखरेल भने केहि बर्षदेखि अष्ट्रेलियाको सिड्नीमा  बस्दै आएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्