नेभिगेशन
न्यू साउथ वेल्स

सिड्नीमा तामाङ समाजको  बारबिक्यु  तथा भेटघाट   कार्यक्रम भव्य रूपमा सम्पन्न

सिड्नी। तामाङ समाज न्यू साउथ वेल्स (NSW) को आयोजनामा अष्ट्रेलियाको सिड्नीस्थित Auburn Park मा ‘BBQ & Bond – Let’s Connect’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। तामाङ समुदायको आपसी एकता, सांस्कृतिक पहिचान र सञ्जाल विस्तार गर्ने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रम  हिजो शनिबार सम्पन्न भएको हो।IMG_0214-1752367749.jpeg

कार्यक्रममा प्रमुख  अतिथी निम्फाका अध्यक्ष लक्ष्मण गुरुङले तामाङ समुदायले आफ्नो भाषा, संस्कृति र पहिचान जोगाउन यस्ता कार्यक्रमले बिशेष  पहल  गर्ने  बताए। नेपालबाट आउनु  भएका  बरिस्ट  क्याप्टेन विजय लामाले प्रबशी  समुदायबीच आपसी माया, सद्भाव र संस्कारमा बिशेष  जोड दिनुपर्ने बताए  ।  उनले  अब छिट्टै  चन्द्र सुर्य अंकित नेपाली बिमान अष्ट्रेलियाको उडानबाट    सबै  नेपालीहरुलाई नेपाल जान निकै सहज हुने  बताए                                            । NRNA अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले प्रवासमा नेपाली समुदायबीच सहकार्य र एकता अभिवृद्धिका लागि एनआरएनए सधैं साथ रहने बताए। तामाङ समाजका संस्थापक अरुण के. तामाङले  अष्ट्रेलियाको नेपाली समुदायमा तामाङ समाजले नेपाली कला  सस्कृतिको जगेर्नामा  बिशेष  भूमिका  खेल्दै  आएको बताए                             
। IMG_0215-1752367921.jpeg

ल्हासो फ्याफुल्ला’ भन्ने सांस्कृतिक अभिवादनका साथ सुरु गरिएको कार्यक्रममा तामाङ गीत, नृत्य, मौलिक प्रदर्शन विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।  सहभागिहरूले तामाङ पोशाकमा सजिएर, BBQ को स्वाद, संगीत र मित्रतामूलक माहोलको भरपुर आनन्द लिएका थिए।

कार्यक्रममा समुदायका बालबालिकादेखि वृद्धवृद्धासम्मको सहभागिता देखिएको थियो। तामाङ सांस्कृतिक समूहहरूले प्रस्तुत गरेका लोकनृत्य र लोकगीतहरूले कार्यक्रमलाई अझै आकर्षक बनाएको थियो। साथै नेपाली अभिभावकहरूको सहभागिता, युवा स्वयंसेवकहरूको सक्रियता र बृहत् समुदायको उपस्थितिले  कार्यक्रम भब्य  बनेको  थियो ।  IMG_0216-1752369000.jpeg

कार्यक्रममा  NRNA अष्ट्रेलियाका   पुर्व  अध्यक्ष  नन्द  गुरुङ तमु  समाज अष्ट्रेलियाका अध्यक्ष हेउपति  गुरुङ, नवाज अध्यक्ष चिरन तिवारी  थारु समाज अष्ट्रेलियाका अध्यक्ष दिप नारायण चौधरी एन्जाका  अध्यक्ष कृष्ण तिवारी ग्रान्भिल समाजका अध्यक्ष भिम   बस्नेत   एन्जाका  सस्थापक   अध्यक्ष हेमन्त काफ्ले   तामाङ समाजका  पुर्व  अध्यक्ष बिशाल तामाङ. गुठी अष्ट्रेलियाका  पदम शाक्य सामाजिक  अभियन्न्ता छिरिङ्ग  लामा लगायत अन्य नेपाली समुदायका अगुवाहरुको  बाक्लो उपस्थिति   रहेको  थियो  । IMG_0217-1752369035.jpeg

कार्यक्रमको अध्यक्षता गरेका  तामाङ समाज NSW का अध्यक्ष राज फाख्रिनले सम्पूर्ण अतिथि, सहभागी र स्वयंसेवकहरूलाई धन्यवाद दिँदै भविष्यमा यस्ता कार्यक्रमहरू अझ व्यापक रूपमा आयोजना गरिने प्रतिवद्धता व्यक्त गरे ।  उनले  नव निर्वाचित कार्यसमितीका  सबै साथीहरुलाई  बधाई     दिदै  प्रबाशमा  तामाङ समुदाय  एकजुट भएर  अगाडि  बढ्ने बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्