थप व्यक्ति/व्यक्तित्व
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
बार्षिक १ दशमलब ६ अर्ब बराबरको नेपाली उत्पादन अष्ट्रेलियामा आयात गरिदै
बुधबार, साउन १६, २०८१
भर्खरै
- अष्ट्रेलियामा नेपाली समुदायले मनाए पृथ्वी जयन्ति तथा ‘अन्तर्राष्ट्रिय नेपाली दिवस’
- ३०४ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको हार्दिक शुभकामना
- एञ्जाद्वारा बरिस्ठ पत्रकार होमनाथ दाहाल प्रति समबेदना
- राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस विविध कार्यक्रमसहित मनाइँदै
- सीडनीमा भब्य बन्यो तमु ल्होसार
साताको लोकप्रीय
गैरआवासीय नेपालीको महत्वको विषय भनेको विश्वास आर्जन हो । नेपाल सरकारको विश्वास, नेपाली जनताको विश्वास, समग्र गैरआवासीय नेपालीबाट विश्वास अनि कर्मभूमिका सरकार र जनताको विश्वास । हो, यही विश्वास आर्जनले मात्र गैरआवासीय नेपाली संघको उद्देश्य र चाहना पूरा गर्न मद्दत मिल्छ , संघका सचिब तथा महासचिबका दाबेदार गौरी जोशीको भनाइ हो यो ।
चितवनमा जन्मेका जोशी स्कुले शिक्षा पुरा गरेर काठमाडौमा उच्च अध्यन पुरागर्दै उज्वल भबिष्यको खोजिमा अमेरिका पुग्नुभएको थियो । मध्यम परिवारमा जन्मिएका गौरी जोशीमा केहि गरौ भन्ने चाहना र लगाव थियो ।
। जतिबेला अमेरिका नेपालीको लागि सपनाको संसार थियो त्यती बेला गौरीले आफ्नो भबिष्यको वाटो रोजिसक्नुभएको थियो । सन २००० को कुरो हो उनले पढाइ पुरा गरेर आइटीमा जागिर खाएर आफुलाई स्थापीत गरिसक्नुभएको थियो ।
रत्ननगरमा जन्मेर शंकरदेववाट एमबीए गरेका गौरीलाई भबिष्यको बिकाउ क्षेत्र आइटी हो भनेर ठम्माउन कुनै समय लागेन । कामसँगै उहाले भस्टीका नाम दिएर आफ्नै आइटी कम्पनी खोलेर सफलताको वाटो कोर्नु भएको थियो । यतिखेर डलासमा रहेको उनको आइटी कम्पनी अमेरिकामा उदाहरणीय व्यवशायका स्थापीत हुन पुगेको छ । मौकाको खोजिमा उच्च अध्यनका लागि अमेरिका पुग्नुभएका गौरी जोशीको प्रगती र उन्नतीको कथाहरु बुनिन थालिएको छ । घन मात्र हैन मन पनि भएका गौरीको मित्रवत व्यबहार अनि हसमुख शैलीले उनलाई यतिखेर एनआरएनको महासचिबको प्रबल दावेदारको रुपमा उभ्याएको छ ।
गैरआवासीयघ नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय समितिको सचिवको रूपमा बितेका दुई वर्षमा आफुले भोगेको कुरा बताउदै गौरी जोशी भन्नुहुनछ , अहिलेको आवश्यकता भने विश्वास जित्नु हो । हामी र हाम्रा सन्तान दरसन्तान, नेपाल र नेपालीसँग सदैव जोडिइरहुन् र तिनले मातृभूमिको समृद्धिमा कहि न कहि योगदान दिइरहुन ,यहीनै हो एनआरएनको मुलभुत उद्देस्य ।
गैरआवासीय नेपाली संघको यति पवित्र चाहनाप्रति पनि हामीले आजसम्म नेपाल सरकारबाट अझै पूर्ण विश्वास आर्जन गर्न सकेका छैनौ । जुन दिन हामी नेपाल सरकार र नेपाली जनतालाई हाम्रा पवित्र चाहनाप्रति विश्वास दिलाउन सक्नेछौ त्यो दिन गैरआवासीय नेपालीका लागि दोहोरो नागरिकता र दोहोरो कर प्रणाली वा लगानी जस्ता विषय सरल र सहज हुनेछन् । हो, यही विश्वास दिलाउन सक्नु नै आज हाम्रो चुनौतीको विषय हो , जोशी भन्छन ।
यी पैसा लिएर र पैसा लिन आउँछन् । वा यी पैसा लिएर गफ दिन आउँछन्, भन्नेजस्ता भ्रम वा सोच आज पनि कता कता नेपाल सरकार र नेपाली जनतामा हामीजस्ता एनआरएनप्रति छ । हो, यही भ्रम र सोचलाई गैरआवासीय नेपालीले तोड्नु पर्छ र मेरो उमेदबरी पनि त्यसैको लागि हो , गौरीले भन्नुभयो ।
हामी गैरआवासीय नेपाली पैसा भन्दापनि ठूलो मायाका साथ नेपाल र नेपालीसँग जोडिइरहन चाहन्छौँ । प्रविधि र ज्ञानको गफभन्दा पनि हामी जन्मभूमिको समृद्धि देख्न चाहन्छौँ । सहयोग, सम्बन्ध र भावनाका दायरा साँच्ची नै बढाउन चाहन्छौँ, मुलभुत कुरा यहि हो ।