नेभिगेशन
न्यू साउथ वेल्स

डब्बोमा बहुसांस्कृतिक योग तथा ध्यान शिविर सम्पन्न

डब्बो । डब्बो नेपाली समाज अष्ट्रेलियाको आयोजनामा डब्बोमा एक दिने बहुसांस्कृतिक योग तथा ध्यान शिविर सम्पन्न भएको छ । यहि मे १७ तारिख आइतवारको दिन सम्पन्न सो शिविरमा नेपाल लगायत विभिन्न मुलुकका नागरिकहरुको सक्रिय सहभागिता जनाएका थिए ।

शिविरमा योग गुरु राजन शर्माले दैनिकी योग साधना ,बिधी र सकारात्मक सोचका बिबिध पक्षका बारेमा प्रवचन दिएका थिए । डब्बो स्थित साउथ पब्लिक स्कुलको हलमा सम्पन्न सो योग साधन कार्यक्रमलाई सफल बनाउन स्थानिय नेपाली समुदाय लगायत विभिन्न समुदायले योगदान पुर्याएको आयोजक संस्थाले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्