तामाङ सोसाइटी अफ सीडनीको आयोजनामा सोनाम ल्होसार पर्ब सीडनीमा भब्य रुपमा मनाइएको छ ।
तामाङ समुदायको रीती रिवाज र खान पान झल्कने गरी आयोजना गरिएको कार्यक्रममा सीडनीका नेपाली समाजका अगुवाहरुको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रममा न्यु साउथवेल्सका बाणिज्यदुत सन्जिव शर्माले बिदेशमा बसेर पनि आफनो कला संस्कृती अनि भेष भुषाको संरक्षण गर्न नया पुस्तालाई आफनो पहिचान दिलाउन यस्ता पर्वहरु महत्वपुर्ण रहने बताए ।
नेपालवाट आएका चर्चित गायक निमा रुम्बाको बिशेष गायकीले सजिएको सोनाम ल्होसारमा स्थानिय कम्बरल्यान्ड काउन्सिलका स्टीभ क्रिष्टोले समेत ल्होसारको शुभकामना दिदै मल्टीकल्चर समाजको सुन्दरताका रुपमा यस्ता कार्यक्रम रहने सुनाए ।
कार्यक्रममा निम्फाका अध्यक्ष लक्ष्मण गुरुङ, पुर्व अध्यक्ष शुर्दशन थापामगर, तामाङ सोसाइटीका पुर्व अध्यक्ष बिशाल तामाङ लगायतले सोनाम ल्होसारको महत्वका बारेमा प्रकाश पारेका थिए ।
संस्थाका संस्थापक तथा सल्लाहकार अरुण तामाङले जातिय पहिचानको महत्व बढदैजाँदा बिदेशमा पनि यस्ता बिशेष पर्वहरुको महत्व बढदै गएको बताए ।
संस्थाका अध्यक्ष राज पाख्रीनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानिय कलाकारहरुले तामाङ सेलोका नृत्यहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रमका आकर्षकका रुपमा रहेका निमा रुम्बाले एक दर्जन भन्दा बढि लोकप्रीय गितहरु गाउदैगर्दा दर्शकहरु झुमेका थिए ।
बिदेशमा रहेर पनि आफनो कला संस्कृती र रहन सहनको संरक्षण गर्नुका साथै नया पुस्तालाई यस बारेमा जानकारी दिन हरेक बर्ष सोनाम ल्होसार पर्व आयोजना गरिदै आएको संस्थाका कोषाध्यक्ष सुर्य तामाडले बताए ।