नेभिगेशन
अन्य

एनआरएनको मूल मुद्दा, एकता र पारदर्शिताको नारा लिएर रोबिन शेरचन अध्यक्षको प्रतिस्पर्धामा

 

गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी फेव्रुअरिमा हुने अधिवेशनमा अध्यक्षका लागि 
रोबिनप्रसाद शेरचनले उम्मेद्ववारी दिने भएका छन। 

जापानमा तीन दशकयता विभिन्न व्यवसायमा संलग्न हुदै आएका वर्तमान कार्यसमिति उपाध्यक्ष शेरचनले आफ्नो दाबेदारी प्रस्तुत गरेका हुन।

एनआरएनए फराकिलो साझा संस्थागत संरचनामा, सस्था भित्र बृहत एकता र नागरिकताको मुल मुद्दामा अलमलिएको भन्दै यसको कार्यान्वयनका लागि नेतृत्वमा आकाक्षा देखाएका हुन। 

विश्वभरि छरिएका नेपालीलाई एकताबद्ध गर्दै उनीहरूले आर्जन गरेको ज्ञान, सीप, प्रविधि र पुँजी मातृभूमि नेपालको सामाजिक तथा आर्थिक विकासमा सदुपयोग गर्ने र प्रवासीको हक अधिकारको रक्षा गर्ने उद्देश्यसहित स्थापना भएको संस्था आफनो मुल मुद्दामै अलमिलएमा चिन्ता व्यक्त गर्दै आफनो दाबेदारी प्रस्तुत गरेको शेरचनले जनाएका छन ।

 स्थापनाको २२ वर्षको यात्रामा रहेको संस्थाले प्रवासी र नेपालीभाषीहरूको आशा र भरोसाको केन्द्र बन्दै गएपनि पछिल्ला समयमा देखिएका गतिविधि र फुटले संस्थाको मर्यादा कायम गर्न नसकेको भन्दै शेरचनले संस्था बलियो र सक्षम बनेमात्र नेपाल सरकार र प्रवासी नेपालीहरूले आशा र भरोसाको केन्द्र गर्ने बन्ने बताए। सुरूमा संस्था बलियो र सक्षम बनाऔ, अनिमात्र अधिकारका माग पुरा हुन्छ। अहिले “भाईफुटे गवार लुटे”जस्तो भएको छ। “संस्थागत मिलेर साझा अवझारणा र व्यवहारिक विषयमा काम गरौ। अनि मात्र हाम्रा मुद्नामा राज्यले चासो दिन्छ।” शेरचनले जोड दिए। 

करिव ९० देशमा आफ्नो औपचारिक सञ्जाल विस्तार गर्दै विश्वभर छरिएका नेपाली समुदायलाई सामूहिक चिनारी र उद्देश्यमा एकीकृत गर्न उल्लेखनीय सफलता हासिल गरेको संस्था पछिल्ला चार बर्ष तेरो र मेरो खिचातानीमा अल्झीयो । अब साझा संस्था बनाएर मात्र काम गरौ।
हिजो मातृभुमी जार्दै गर्दा एनआरएन भगर्वको अवस्था थियो अहिले लाजले मुन्टो निहुराउनु पर्ने अबस्थाको सृजना भएको छ,यसैले पनि पुरानो लयमा फर्काउन नया सोच बोकेका मानिश नेतृत्वमा आउनुपर्दछ भन्ने सबैको चाहना अनुरुप मेरो उमेदबारी रहने छ , शेरचनले भने ।

बदलिँदो राजनीतिक परिवेश र प्रविधिको बिकास र दोस्रो पुस्ताका एनआरएनहरूको सहभागिताले पनि अब एकतापछि नया सोच बिचारका साथ एनआरएनएलाई समय सान्दर्भिक र प्रभावकारी अनि सबैको साझा बनाउने मेरो प्राथमिकता रहने छ “ शेरचनले बताए । हिजो किन र कसरी एनआरएनमा बिभाजन आयो भन्ने कुरा बिर्सेर अब एकतापछि सबैको भावना बोक्ने हाम्रो अनि राम्रो एनआरएनए अहिलेको आवश्यकता हो भन्ने सोचका साथ साथीभाइको आग्रह र सहयोगपछि मेरो उम्मेदबारी पक्का भएको हो । यतिबेला सबैलाई अपनत्व हुने एनआरएन चाहिएको छ, सबैको साझा एनआरएन चाहिएको छ, सबैको आवाज सुन्न अग्रसर छु। 
एनआरएनए सबैलाई चाहिएको छ, सबैको प्रवासीहरूको मुल मुद्दा बोक्ने एनआरएनए चाहिएको छ, यसैले पनि एकताको सन्देशसगै यसलाई अझ फराकिलो र दरिलो बनाउने अठोट लिएको छु । 
संस्थाका आमुल मुद्दाका रुपमा रहेको नागरिकताको सवालमा हामी चुकेका छौ, नागरिकता पाएर पनि भिषा लिनुपर्ने बाध्यता छ, जग्गा जमिन अनि सम्पती कनिबेच गर्नसकिएको  छैन । ब्यक्तीको तजबिजमा अधिकार सिमित बनेको छ । मुलुकसँंग जोडिने सवालमा पछि परेका छौ, यस्तै यस्तै थुप्रै मुद्दाहरुमा सफल परिणाम ल्याउने संकल्प बोकेर मेरो उमेदबारीको यात्रा तय भएको हो, उनले सुनाए । संसारभर एउटा विश्वाशिलो साझेदार संस्थाका रुपमा अलग पहिचान बनाएको एनआरएनए अब थप मजबुत,सफल, जवाफदेही अनि परादर्शी बनाउन सक्नुपर्छ, अहिलेको मेरो उमेदबारीको साझा मुद्दा यहि हुन, शेरचनको कथन थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्