एलजी एशोसिएसनको आयोजनामा सीडनीको ओलम्पीक पार्कमा यही आउदो २२ नोभेम्बर शनिबारको दिन नेपालका चर्चित कलाकारहरु समेटिएको एलजी फेस्ट २०२५ आयोजना हुने भएको छ । नया पुस्ताका लागि निकै लोकप्रीय रहेको जोन एन्ड दी लोकल्स, योद्धा र स्वप्नील शर्माको ब्यान्ड स्वारको मिश्रण रहेको यो सांगितिक महोत्सव यतिबेला अस्ट्रेलियामै चर्चामा रहेको छ । अस्ट्रेलियाका अन्य केहि शहरहरुमा कार्यक्रम सकेर यी कलाकारहरु नोभेम्बर २२का लागि सीडनीको ओलम्पीक पार्कमा आफनो बिशेष प्रर्दशनी कुरेर बसेका छन ।
सीडनीकै महत्वपुर्ण रहेको अोलम्पीक पार्कमा आयोजना हुने यो कार्यक्रमका लागि ६ हजारको हाराहारीमा टिकट बिक्री भैसकेका छन । अझै टिकट बिक्रीकोक्रम बढीरहेको छ । बिशेषत ओलम्पीक पार्क अस्ट्रेलियाकै इभेन्ट्सका लागि निकै प्रतिष्ठीत भेन्युका रुपमा चिनिन्छ । युवा पुस्ता र नेपाली गित संगितको प्रेमका कारण पनि हामीले यी सबै चर्चित हस्तीहरुलाई एकै ठाउमा उभ्याएर बिशेष प्रस्तुतीको आयोजना गर्न लागेको आयोजक ध्रुब गुरुङले बताए । गुरुङका अनुसार निकै महंगो र प्रतिष्ठीत भेन्यु भएपनि अस्ट्रेलियामा रहेका संगितका पारखीहरुको चाह बुझेर यो एलजी फेस्ट आयोजना गरिन लागीएको हो ।कार्यक्रमलाई मार्की होम्स र एमआईटी लगायतले सहयोग गरेका छन