नेभिगेशन
अन्य

शैक्षिक परामर्श क्षेत्रमा राईट एन्ड एशोसियट्सको रजत जयन्ती 

राइट एन्ड एशोसियट्ले आफनो पच्चीस बर्षे यात्रालाई धुमधामका साथ मनाउदै गर्दा नेपाल र अस्ट्रेलियामा समेत कार्यक्रमको आयोजना गरेको छ । नेपालको नगरकोटमा शीक्षबिद डा कृष्ण गौतम, सांसद शंकर भण्डारी, भानु नगरपालीकाका मेयर आनन्द त्रिपाठी, राइट एन्ड एशोसियट्सका प्रवन्ध निर्देशक परशुराम अधिकारी, नायिका केकी अधिकारी, गायक समिक्षा अधिकारी लगायत बिश्व बिद्यालयका प्रतिनिधिहरु बिच अन्तरक्रियाको आयोजना गर्दै राइटले आफनो रजत जयन्ती भब्य रुपमा मनाएको हो । यस पटक पच्चीस बर्षको यात्रामा राइटले आफनै सबै शाखा र सहपाठीहरु बिच भब्य र सभ्य रुपमा नेपालमा कार्यक्रम समेत गरेर मनाएको छ । कार्यक्रममा क्षेत्रीय निर्देशक देबेन्द्रराज रेग्मी, काठमाडौ शाखाका प्रवन्ध निर्देशक सन्तोष जमरकट्टल लगायतले शैक्षिक परामर्श पेशा आफैमा जिम्मेवार पेशा हो । बैदेशिक अध्यनका लागि खुट्टा उचाल्ने नेपाली विध्यार्थीका लागि उनिहरुको उचित सल्लाह जिवन बुटीझै बन्न सक्छ भने गलत सल्लाह भबिष्यकै त्रुटीका रुपमा मानिन्छ । यो पेशा जान्नेको लागि श्रीखन्ड र नजान्नेको लागि खुर्पाको बिड पनि हो । शैक्षिक क्षेत्रमा बिकृती र बिसंगति पनि नभएका होइनन तर सँगसगै उन्नती रप्रगतीका लाखौ कथाहरुपनि गासिएका छन यसमा ।

यो पेशालाई मर्यादित र जिम्मेबार बनाउनु राज्यको पनि दायित्व हो , देशका युवा कर्णधारहरुको उचित पलायन र त्यसको पुनरागनमा उचित ध्यान दिनुपर्ने कुरामा कसैको दुइमत छैन।att.PnbCLIB58smWIfe93Bnmi0GlzmAtEmSr1qOLbgwwpjk-1757230217.jpeg

यस्तै शैक्षिक परामर्श सेवा पनि हो र सेवा गर्दैजाँंदा यसवाट मिल्ने मेवा पनि आकर्षकनै छ । तरपनि तछाड मछाड र गलत प्रतिस्पर्धाले यसको महत्वमाथि प्रश्न चिन्हपनि खडा हुने गरेको छ।

यस्तै शैक्षिक परामर्श सेवामा साढे दुइ दशकको यात्रा तय गरेको राइट एन्ड एशोसियट्सले आफनो रजत महोत्सव धुमधामका साथ मनाएर पेशाको निरन्तरता र बिश्वासको पहिचान दिलाएको छ । खहरेजस्ता आउने र जाने अनि माछा बजारजस्ता सस्तो प्रतिस्पर्धाको भिडमा पनि आफनै लयमा साढे दुइ दशकको यात्रा तय गर्नु चानचुने कुरा थिएन र होइन पनि ।

काठमाडौमा सन २००१ मा राइटका नाममा स्थापना भएको यो शैक्षिक परामर्शलाई सेवाभावमा डोर्याउने परशुराम अधिकारी अर्थात पीआर अस्ट्रेलियाको शैक्षिक परामर्शको क्षेत्रमा पनि पर्यायबाची ब्यक्तीत्व मानिन्छन । नामै पीआर भएकोले पनि उनलाई धेरैले राइट एन्ड एशोसियट्सको विध्यार्थीलाई स्थायीत्व दिलाउने पीआर सरका नामले चिनिन्छन ।

यो क्षेत्रमा साढे दुए दशकको यात्रा र शैक्षिक बजारको आरोह अवरोह भोगेको अधिकारी यो पेशालाई जिम्मेबार र मर्यादीत पेशाका रुपमा अगाडी बढाउनुपर्ने बताउछन । अस्ट्रेलियाको सीडनीमा मुख्य कार्यालय रहेको राइटको क्यानबेरा, मेलवर्न र काठमाडौ लगायत नेपालका दश स्थानहरुमा पनि शाखा रहेका छन । हामीले पेशालाई मर्यादित बनाउन नसक्दा हामी माथि अनेकन आरोप प्रत्यारोप आइरहेका हुन , विध्यार्थीको भबिष्यसँंग जोडिएको यो पेशालाई पैशासँंग मात्र नजोखेर पेशाका रुपमा अगाडि बढाउनु भयो भने लामो समय टिकाउ र भरपर्दो बनाउन सकिन्छ ।

सन १९९५ देखि आउने जाने क्रममा अस्ट्रेलियालाई कर्मक्षेत्र बनाएका परशुराम अधिकारीले सहपाठी बालचन्द्र भट्टराइसँंग सहकार्य गर्दै २००९मा अस्ट्रेलियामा राइटको सुरुवात गरेका थिए । नेपालको राइटलाई अस्ट्रेलियासम्म ल्याउदैगर्दा पीआरले अनेकन समस्याको सामना गर्नु परेको उनि सुनाउछन ।

यतिबेला अस्ट्रेलिया नेपाली विध्याथीका लागि पहिलो रोजाइको शैक्षिक गन्तब्य बनेको छ । करिब ७० हजार अन्तराष्ट्रीय नेपाली विध्यार्थीहरु अस्ट्रेलियाका बिभिन्न शहरहरुमा अध्यनरत छन ।

यस्तो अवस्थामा नेपालमा रहेका शैक्षिक परामर्श केन्द्रहरु जिम्मेवार बन्नुपर्छ , पीआर भन्छन । हामीले साढे दुइ दशकको यात्रामा सिकेको कुरा भनेको कुरा भनेको आउने विध्यार्थी र तिनका अभिभावकलाइ यहाको अवस्था, पढाइ र बाताबरण बुझाउनु जरुरी देखिन्छ । उडन छु गफ र डलरको खेती जस्ता कुराले हाम्रा विध्यार्थीहरुलाई गारो सारो परेको देख्छु, नत्र पढने र गर्नेका लागि अस्ट्रेलिया अरु भन्दा उत्तम गन्तब्य हो भन्ने कुरामा दुइमत छैन ।

चिनमा डाक्टरदेखि अस्ट्रेलियामा मास्टर्ससम्मका विध्यार्थी पठाउने राइट एन्ड एशोसियट्सका निर्देशकका रुपमा पच्चीस बर्षको यात्रा पुरा गरेको पीआर विध्यार्थीहरुले नबुझीकन र अभिभावकलाई बास्तविकता नबुझाइकन उच्च अध्यनमा ल्याउनु नहुने अनुभव सुनाउछन । यहा हरेक किसिम र तहका शिक्षा छन, संसारकै उत्कृष्ट बिश्वबिद्यलाय पनि अनि साधारण प्राविधिक कलेज पनि ।

त्यसैले बास्तविकता र सही सुझाब यो पेशाको इमानदारीता र कर्तब्य हो । हामीले पच्चीस बर्षमा हजारौ विध्यार्थी ल्यायौ होला तर गुनासाका पोका र पीडाका स्वर सुन्नु नपरोस भन्ने हाम्रो लक्ष्य हो , अधिकारीले आफनो कथा सुनाए । भबिष्यमा नेपाल फर्कने र युवा वर्गलाई प्रोत्साहन गर्ने केहि कार्यक्रम अगाडि सार्ने सोच बनाएका अधिकारी नेपालमा भएका दक्ष युवाहरुलाई लगानीको बाताबरण बनाइदिने र व्यबशायसँंग जोड्ने सोचमा रहेको बताउछन । अन्तमा पीआर भन्छन,गलत काम गर्नु भन्दा बरु नकमाएकै बेश, खान पुगोस, लाउन पुगोस अनि रातीआरामको निद्रा लागोस ,यही हो पेशाले कमाउने सम्पती । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्