नेभिगेशन
न्यू साउथ वेल्स

सीडनीमा एन्टाको शुभकामना आदान प्रदान

IMG_0598-1755434871.jpeg
 

 एशोसिएसन अफ नेपाल तराइ इन अस्ट्रेलिया(एन्टा)ले सीडनीमा एक बृहत भेटघाट कार्यक्रमको आयोजना गर्दै आपसी भाइचारा र सदभावलाई बलियो बनाउने उद्देस्यले शुभकामना साटासाट गरेको छ । लामो समयदेखि तराइबासी नेपालीलाई एकताको सुत्रमा बाध्ने र सामाजिक क्षेत्रमा सहयोग तथा सदभाव बढाउने काम गर्दै आएको एन्टाले आइतबार सीडनीमा सबै संघसंस्थाका 

प्रतिनिधी तथा तराइबासी नेपालीहरुको बाक्लो उपस्थितीमा भेटघाट कार्यक्रम आयोजना गरेको हो । नेपाली समाजलाई एकताको शुत्रमा बाध्ने र आपसी चिनजान अनि भाइचारा कायम गर्ने उद्देस्यले कार्यक्रमको आयोजना गरिएको एन्टाका अध्यक्ष रन्जित शाहले बताए । हामी नेपाल भन्दा धेरै टाढा छौ, तरपनि हामीले जन्मेको ठाउ र हुर्केको गाउँ भुल्न सक्दैनौ त्यसैले पनि आपसी भेटघाट, चिनजान र आपसी सदभाव बाड्न र साट्न सकियो भने त्यसले अपनत्व महशुस हुन्छ भन्ने हाम्रो ठम्माइ हो, अध्यक्ष शाहले कार्यक्रमको उद्देस्यका बारेमा बताए । 

कार्यक्रममा बोल्दै एनआरएन ओसेनिया क्षेत्रका उपसंयोजक अरुण ठाकुरले बिगतदेखि बर्तमानसम्म सामाजिक क्षेत्रमा अगुवा संस्थाका रुपमा एन्टाको भुमिका महत्वपुर्ण रहेको बताए । उनले नेपाली समाजलाई एकतको सुत्रमा बाध्ने र नेपाली कला संस्कृती जर्गेना गर्नपनि प्रवासमा यस्ता संस्थाहरुको भुमिका महत्वपुर्ण रहेको बिचार ब्यक्त गरे । 

कार्यक्रममा बोल्दै एन्टाका पुर्व अध्यक्ष शुंभास शाहले संसारको जुनै कुनामा रहेर पनि आफनो पहिचान र कला संस्कृती जोगाउने अभियानमा एन्टाजस्ता संस्थाहरु अपरिहार्य रहेको बताउदै अस्ट्रेलियामा आफना विविध पर्वहरुलाई तराइबासी नेपालीबिच पुरयाउन एन्टाको भुमिका महत्वपुर्ण रहेको बताए । 

भेटघाटमा उपस्थीत भएका चलचित्र निर्देशक शोभित बस्नेतले बिदशेमा रहेर पनि नेपालीहरु आफनो कला संस्कृती अनि पहिचान दिलाउन लागि परेको देख्दा आफु निकै उत्साहित भएको बताए । 

एन्टाका उपाध्यक्ष परमानन्द शाहले सन्चालन गरेको कार्यक्रममा एनआरएन एनएसडब्लुकी नव निर्वाचित संयोजक उषा बारिया पोखरेल, समुदायका अगुवा रन्जन श्रीवास्तब , ग्रानभिल नेपाली समाजका

अध्यक्ष भिम बस्नेत, जीएनसीका राजिव प्रधान लगायतले एन्टाको कार्यको प्रशंसा गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्