सिड्नी (अष्ट्रेलिया) । अस्ट्रेलियामा विद्यार्थीहरूको संघर्षको विषयबस्तुमा आधारीत चलचित्र ‘पीआर’को रेड कार्पेट प्रीमियर हुने भएको छ । सलोनसलिना फिल्म्सको ब्यानरमा निर्माण गरिएको सो चलचित्रको प्रीमियर आगामी अगस्ट ९ र १२ मा हुने भएको छ ।
अष्ट्रेलियाका दुई सहरमा चलचित्रको चलचित्रको प्रीमियर हुने निर्माण पक्षले जनाएको छ । निर्माण पक्षका अनुसार अगस्ट ९मा सिड्नीको हर्सफिलस्थित इभेन्ट सिनेमा हलमा हुने छ भो अगस्ट १२ मा न्यू क्यासलको रिडिङ सिनेमा हलमा प्रीमियर हुने छ।
चलचित्र अष्ट्रेलियामा आरएफएम फ्यासिलिटी म्यानेजमेन्टका रञ्जित शाह र करियर गेटवे अष्ट्रेलियाका सन्तोष तिवारीकोप्रस्तुतिमा प्रदर्शन हुँदैछ । शोभित बस्नेतद्वारा निर्देशित सो चलचित्रमा आरए सुरज पौडेल, राजन कुँवर, विनिता कार्की, पूजा चौधरी, बिमला खत्री, आस्माअधिकारी, गणेश बुढाथोकी, कृष्ण थापा, म्याक्स, मस्तानी र नवीन घायलको अभिनय रहेको छ ।
त्यसैगरी, विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, दिक्पाल कार्की र उत्तम केसीले अभिनय गरेका छन् ।फिल्ममा ए वान ग्रुप सर्भिसका प्रदीप दाहाल र इन्द्रेणी ग्रुपका लक्ष्मण सापकोटा निर्माता रहेका छन् । कथा निर्देशक बस्नेतकैहो भने, पटकथा र संवाद गणेश बुढाथोकीले तयार पारेका हुन्
चलचित्रको छायाँकन सौरभ सायमी (अष्ट्रेलिया) र सौरभ लामा (नेपाल) ले गरेका हुन् भने सम्पादन बन्दे प्रसादले गरेका छन् ।नृत्य रामजी लामिछाने, संगीत मानस राज र भीम बीसीको रहेको छ । निर्माण व्यवस्थापन केवलमान सिंह बस्नेतले सम्हालेकाछन् भने प्रमुख सहायक निर्देशकमा रामजी राउत, गणेश बुढाथोकी र मणि तामाङ रहेका छन् । निर्देशक बस्नेतले चलचित्रको६० प्रतिशत छायाँकन अष्ट्रेलियाका विभिन्न सहरमा र ४० प्रतिशत नेपालमा गरिएको हो ।
विदेशमा रहेका नेपाली विद्यार्थीहरूको संघर्षतो कथा तथा नेपालमा रहेका परिवारजनको भोगाई चलचित्रको मुख्य विषयवस्तुरहेको यसका एक नीर्माता रन्जीत साहले बताए ।