गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको २०२५–२०२७कार्यकालको निर्वाचन नजिकिँदै गर्दा युवा पुस्तामा नेतृत्व विकास र प्रतिनिधित्वको अपेक्षासँगै सुदीप सिंह बिष्ट ‘काजी’ले न्यूसाउथ वेल्स (NSW) राज्य समन्वय परिषद्को युवा संयोजक पदमा आफ्नो उम्मेदवारी दीएका छन ।
बिष्टले आफ्नो उम्मेदवारीलाई पदका लागि मात्र नभई नेपाली युवाहरूको आवाज, सम्भावना र भविष्यको प्रतिनिधित्वकारूपमा परिभाषित गरेका छन ।
“एकजुट, सशक्त र आत्मनिर्भर नेपाली युवा समुदायको निर्माण” भन्ने लक्ष्यसहित बिष्ट युवाहरूको क्षमता विकास, नेतृत्वप्रशिक्षण, मानसिक स्वास्थ्य, रोजगारी, शिक्षा र संस्कृतिक संरक्षणमा विशेष जोड दिने योजना सहीत आउदो शनीबार हुने एनआरएन अस्ट्रेलियाको चुनाबमा उत्रेको बताए ।
विष्टले आफ्नो एजेन्डा अन्तर्गत युवा नेतृत्व विकास,
करियर र शिक्षा कार्यक्रमको प्रवर्द्धन,उद्यमशीलता र स्टार्टअपमा सहयोग, मानसिक स्वास्थ्य र आत्म-सशक्तिकरण, सांस्कृतिक पहिचान र एकताको प्रवर्द्धन, खेलकुद र प्रतिभा उजागर गर्ने प्लेटफर्म
नीति निर्माण रहेको बताए ।
“म उम्मेदवार मात्र हैन, तपाईंहरूको साथी र सेवक हुँ”
सामाजिक अभियन्ता तथा युवाहरूबीच परिचित अनुहारका रूपमा परिचित बिष्टले लामो समयदेखि नेपाली समुदायमासक्रिय रही विभिन्न सामाजिक, शैक्षिक तथा युवा अभियानी अभियानहरूमा सहभागिता जनाउँदै आएका छन । तपाईंहरूकोआशा र भरोसालाई व्यर्थ जान दिन्न।”
उनले आफैं पनि युवा अवस्थामै रहेको व्यक्ति भएको नाताले हजारौं नेपाली युवाहरूका संघर्ष, भावना र सम्भावनालाई अझगहिरो रूपमा बुझ्ने दाबी गर्दै एनआरएनएमा युवाहरूको निर्णायक उपस्थिति कायम गराउन आफु कटिबद्ध रहेको बताए
।
युवा संयोजक पदमा बिष्टको उम्मेदवारीले प्रवासी नेपाली युवाहरूमा उत्साह र छलफल सिर्जना गरेको छ। अब नेतृत्वमा युवापुस्ताको प्रतिनिधित्व स्थापित हुने अपेक्षा व्यापक रूपमा गरिएको छ।