गैर आवासिय नेपाली संघ अस्ट्रेलियाको आगामी जुलाई २६ मा हुने निर्वाचनमा न्यू साउथ वेल्स (NSW) राज्य सचिव पदमा युवा अभियन्ता मन्जिलखड्काले आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन्।
समुदायमा लामो समयदेखि सामाजिक र स्वयंसेवी कार्यमा सक्रिय रहेका खड्काले राज गुरुङको नेतृत्वमा रहेको टिमबाटउम्मेदवारी दिंदै आफू एक जिम्मेवार, पारदर्शी र कार्यशील नेतृत्व दिन तयार रहेको प्रतिबद्धता जनाएका छन्।
“एनएसडब्लुएस राज्य सचिव पदका लागि मेरो उम्मेदवारी केवल पदका लागि होइन, यो हाम्रो नेपाली समुदायलाई अझसशक्त, एकताबद्ध र आत्मनिर्भर बनाउने यात्राको एक हिस्सा हो,” खड्काले आफ्नो घोषणा सन्देशमा भने। “हामी एउटा यस्तोटिम हौं, जसले निस्वार्थ भावनाले, सेवा र समर्पणको मर्म बोकेर यो संस्थामा योगदान गर्न चाहन्छ।”
काठमाडौंको दिल्लिबजारमा जन्मिएर हुर्केका मन्जिल खड्काले सन् २००७ मा नेपालमै विद्यार्थी राजनीतिबाट सामाजिकयात्रा आरम्भ गरेका थिए।
अस्ट्रेलिया आइपुगेपछि उनले आफ्नो सामाजिक सक्रियता थामेनन्। विभिन्न नेपाली संघसंस्था, कल्याणकारी कार्यक्रम, आपतकालीन सहयोग अभियान र नेपालीहरूलाई जोड्ने धेरै पहलहरूमा मन्जिलको सक्रिय सहभागिता रहँदै आएको छ।यतिबेला उनी राज गुरुङ नेतृत्वको समन्वयकारी टिममा राज्य सचिव पदका उम्मेदवारका रूपमा अगाडि आएका छन्।
💬 “सामुदायिक नेतृत्व सेवा हो, अवसर होइन”
खड्का भन्छन्, “सामुदायिक नेतृत्व अवसरको रूपमा होइन, जिम्मेवारी र सेवा भावनाको रूपमा लिनुपर्छ। एनआरएनएकोभूमिका आजको युगमा केवल सांस्कृतिक कार्यक्रम वा औपचारिकता भन्दा धेरै बढी हुनुपर्छ – यो हाम्रो नयाँ पुस्तालाई जोड्ने, रोजगारीका अवसर सिर्जना गर्ने, नेपालसँग सम्बन्ध गहिर्याउने, र आपतका बेला सशक्त संस्थागत साथ दिने माध्यम हुनुपर्छ।”
उनले आफूहरूको टिमले पारदर्शिता, जवाफदेहिता, र समावेशी निर्णय प्रक्रियामा केन्द्रित रहेर काम गर्ने बताएका छन्।टिमको औपचारिक एजेन्डा छिट्टै सार्वजनिक गरिने जानकारी समेत खड्काले दिएका छन्।
एनआरएनए अस्ट्रेलियाको राष्ट्रिय अधिवेशन अन्तर्गत न्यू साउथ वेल्स राज्य सचिव पदको निर्वाचन यही २६ जुलाई २०२५ माहुँदैछ। यस पटकको निर्वाचनलाई समुदायभित्र नैतिक मूल्य, नेतृत्वको कार्यशैली, तथा संस्थागत पारदर्शिताको सवालकारूपमा हेरिएको छ।
मन्जिल खड्का र उनको टिमले यस अवसरलाई नेपाली डायस्पोराको आवाजलाई संस्थागत रूपमा अझ प्रभावकारी बनाउनेकदमको रूपमा लिएका छन्।
“हामी सपना मात्र देख्दैनौं, काम गरेर देखाउने अठोटका साथ मैदानमा उत्रिएका छौं,” उनले भने। “आउनुहोस्, हामी सबै मिलेरएकजुट नेपाली समुदायको उज्यालो भविष्य निर्माण गरौ
, खड्काले भने ।