गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको आगामी शनिबार हुने निर्वाचनमा युवा व्यवसायी गणेश केसी चुनावी मैदानमा छाएका छन्।
केसीले अष्ट्रेलियाको एनएसडब्लु राज्यको उपसंयोजक पदमा उमेदवारी दीएका छन्।
सन् २०१५ देखि अष्ट्रेलियामा बस्दै आएका गणेश केसी नेपाल हुँदादेखिनै सामाजिक गतिबिधिमा क्रियाशील युवा अभियन्ताहुन्। बिगत १० वर्षदेखि नेपाल र अष्ट्रेलियामा विभिन्न खेलकुद र परोपकारी कार्यहरूमा उल्लेखनीय योगदान पुर्याएका उनिव्यवसायिक कामसंगै नेपाली समुदायमा आइपरेका हरेकखाले समस्यामा सहजीकरण गर्दै आइरहेका छन्।
२०७२ सालको विनाशकारी भूकम्पको समयमा तत्काल उद्दार र राहतसहित भुकम्प पिडितका लागि पुनर्वासको व्यवस्थापनमाजुटेका केसीले व्यक्तिगत एवं संस्थागत हिसाबले प्रभावितका लागि सहयोग उपलब्ध गराएका थिए। उनि अष्ट्रेलियामा पनिनेपाली कला र संस्कृतिको जगेर्ना गर्ने र नेपाली मौलिकतालाइ प्रवर्द्धन गर्दै आइरहेका छन्।
सन् २०१५ को जुलाई महिनामा अष्ट्रेलिया पुगेका उनले नेपाली विद्यार्थीहरूलाई रोजगारी, आवास, आर्थिक सहायतालगायतका कल्याणकारी कार्यहरु गर्दै आएका छन्।

गैरआवासीय नेपाली संघ (एनअरएनए) नयाँ साउथ वेल्स राज्य समन्वय परिषद (एनएसडब्लु) को उपसंयोजक पदमा परेकोउनको उम्मेदवारी विगत एक दशकदेखिको सामाजिक योगदान र समुदायप्रतिको सेवाभावमा आधारित हो, भनिएको छ।
३९ वर्षीय गणेश केसी अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा नेपाली समुदायमाझ उदयीमान युवा हुन् भने पछिल्लो समय उनिअष्ट्रेलियामा लोकप्रिय बन्दै आएका छन्।
गैरआवासीय नेपाली संघलाइ अझ शसक्त बनाएर लैजाने प्रण गरेका केसीले संघमा बसेर व्यक्ति केन्द्रित राजनीति र नाफाकमाउने उद्देश्यले आफु चुनावी मैदानमा नहोमिएको भन्दै गैरआवासीय नेपालीको हकहित र प्रबर्धनमा क्रियाशील हुनेबताएका छन्।