नेभिगेशन
न्यू साउथ वेल्स

न्युसाउथवेल्समा राज गुरूङको उमेदवारी

एनआरएन अस्ट्रेलियामा चुवाबी सरगर्मी सुरु

सिड्नी - गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको चुनाबी सरगर्मी बढदैजाँदा आगामी कार्यकाल (२०२५–२७) का लागि हुने निर्वाचनमा न्यू साउथ वेल्स राज्य संयोजक पदमा राज गुरूङले उम्मेदवारी घोषणा गरेका छन्। आगामी जुलाई २६ मा हुने निर्वाचनलाई लक्षित गर्दै गुरूङले ‘डेमोक्रेट टिम’को नेतृत्व गर्दै औपचारिक रूपमा मैदानमा उत्रिएको घोषणा गरेका हुन्। डेमोक्रयाट समुहवाटै वर्तमान महासचीब सन्तोष कुवर एनआरएन अस्ट्रेलियाको अध्यक्षका प्रबल दाबेदार बनेका छन ।

नेपालीहरुको बाहुल्यता रहेको सीडनी क्षेत्रवाट गुरूङको नेतृत्वमा तयार भएको टिम अन्य प्रतिस्पर्धीमध्ये  अनुभवी ,समावेशि र संस्थागत समर्थनको हिसाबले बलियो रहेको दाबी गरिएको छ। व्यवसायी, समाजसेवी, महिला, युवा तथा विभिन्न जात–वर्गको प्रतिनिधित्व रहेको यस टिमलाई ‘साझा दृष्टिकोण र सामुदायिक चासो’ मा आधारित समावेशी समूहको रूपमा प्रस्तुत गरिएको छ।

जनसम्पर्क समिती अष्ट्रेलिया, एनएडीएफलगायत संस्थाहरूको सहयेग र सदभाव अध्यक्ष कुवर र गुरुडको टीमलाई रहेको छ । 

राज गुरूङ हाल एनआरएनए अष्ट्रेलिया, एनएसडब्लु राज्य परिषद मा सह–सचिवका रूपमा कार्यरत छन्। २०१६ मा  अष्ट्रेलिया आएका उनी सामाजिक र संस्थागत क्षेत्रमा निरन्तर सक्रिय छन्।

चितवनको माडी नगरपालिका निवासी गुरूङ विद्यार्थी जीवनदेखि नै सामाजिक, राजनीतिक र नेतृत्व क्षमतामा सक्रिय थिए। 

उम्मेदवारी घोषणापछि  प्रतिक्रिया दिँदै गुरूङले भने जुलाई २६ को निर्वाचनलाई व्यक्तिगत आकांक्षा होइन, समुदायप्रतिको जिम्मेवारीको रूपमा लिएको छु। सबैलाई समेट्ने समावेशी नेतृत्वमार्फत अगाडि बढेको यो टीमलाई सबैले माया गरीदीनुहुने वीश्वास लीएको छु । 

जनसम्पर्क समितिका उपाध्यक्ष राजेश केसीले अष्ट्रेलियामा रहेका डेमोक्रेटहरू अहिले एकताबद्ध भएर अगाडी बढेको बताए । “ राज्यदेखि केन्द्रसम्म भारी समर्थन हाम्रो पक्षमा छ।”

सशक्त संरचना, साझा दृष्टिकोण र संस्थागत समर्थनका साथ अगाडी बढेको  ‘डेमोक्र्याट टिम’ अबको निर्वाचनमा बलियो प्रतिस्पर्धीको रूपमा प्रस्तुत भएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्