नेभिगेशन
न्यू साउथ वेल्स

अष्ट्रेलियामा पढिरहेका नेपाली युवाले बनाए योग्यता र क्षमता अनुसारको जागिर खोज्ने एप्लिकेशन 'ऋ प्रो' 

अस्ट्रेलियामा अध्ययन गरिरहेका एक नेपाली युवाले आफूजस्तै अन्य विद्यार्थीलाई लक्षित गरी नयाँ नेपाली मोबाइल एप्लिकेशन तयार पारेका छन्।

स्थायी घर काठमाडौं भएर सिड्नीमा अध्ययन गरिरहेका अशोक देउजाले 'ऋ प्रो' नामक एप्लिकेसन बनाएका हुन्।

नेपालीहरूका लागि विशेष रूपमा डिजाइन गरेर बनाइएको यो एप्लिकेशन एक सामाजिक सञ्जाल हो। यसको माध्यमबाट युवाहरूले रोजगारी खोजी, रोजगारी पोस्ट, कल, भिडियो, ब्लग र अन्य सामग्रीहरू साट्ने सुविधा पाउनेछन्।

यसले उपयोगकर्ताहरूलाई आफ्नो प्रोफाइल सिर्जना गर्न र व्यावसायिक तथा सामाजिक नेटवर्किङ गर्न सजिलो बनाउनले देउजाले जानकारी दिए।

साथै, यसमा MCI (MENTAL CAPACITY INDEX) नामक स्व-मूल्यांकन उपकरण पनि समावेश गरिएको छ, जसले युवाहरूलाई आफ्नो क्षमता र योग्यतालाई सुधार्न मद्दत गर्दछ। 

'हाम्रो लक्ष्य नेपाली युवाहरूलाई प्रविधिमैत्री प्लेटफर्म प्रदान गर्नु हो। 'ऋ प्रो' ले नेपालीहरूका लागि सामाजिक संजाल, रोजगारी र शिक्षामा पहुँच बढाउनेछ,' उनले भने,'अस्ट्रेलियामा पढिरहेका नेपाली विद्यार्थीहरूलाई क्षमता अनुसारको काम खोज्नुका साथै यो एप्लिकेशनको माध्यमबाट प्रयोगकर्ताको सिप, अनुभव र ज्ञानको मापन गर्दै जागिर मिलान, विशेषज्ञता प्रदर्शन र विकासका अवसरहरू पहिचान गर्ने काम गर्छ।' 

यस एप्लिकेशन प्रयोगकर्ताले आफ्नो पेशागत यात्रालाई उन्नत बनाउने दाबी देउजाले गरेका छन्।
यसमा राखिएको मानिसहरूको मानसिक क्षमतालाई मापन गर्ने विश्वसनीय तरिका - मेन्टल क्यापासिटी इन्डेक्स (MCI) को माध्यमबाट आफूलाई चुस्त र दुरूस्त राख्न सहयोग गर्नेछ।  

यस्तै यस एप्लिकेशनको माध्यमबाट पोस्ट, च्याट, र कलमार्फत पेशागत नेटवर्क बनाउन सकिने देउजाले दाबी गरेका छन्। 

कहाँ पाउने? 
'ऋ प्रो' एप्लिकेशन एन्ड्रोइडआइओएस दुबै प्रयोगकर्ताहरूले सहजै प्ले स्टोर र एप स्टोरमा गएर डाउनलोड गर्न सक्नेछन्।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्