नेभिगेशन
अन्य

संवाद समितिले म्याद गुजार्दै

काठमाडौं । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले जनताबाट प्राप्त सुझावबारे सहमतिको निर्णय नगरी आफ्नो म्याद गुजार्दै छ । संविधानसभाले दिएको चार दिनको समयसीमा आईतबार सकिने भएपनि समितिले सहमति जुटाउन सकेको छैन । आज बसेको संवाद समिति र त्यस अन्तर्गतको शीर्ष नेताहरु सम्मिलित विशेष समितिको बैठकले आईतबारसम्मका लागि बैठक स्थगित गरिएका छन् । विशेष समितिको बैठक भोलि विहान ८ बजे र संवादको पूर्ण बैठक अपरान्ह ४ बजे डाकिएको छ । आईतबार संवाद समितिले सहमति प्रतिवेदन सभाध्यक्ष समक्ष बुझाउने संभावना कम छ । विशेष समितिमा संविधानको प्रस्तावना सहित ११ पटा प्रमुख विषयमा छलफल भइरहेको उल्लेखगर्दै संवाद समितिका सभापति बाबुराम भट्टराईले आइतबार सम्म ती सबै विषयमा सहमति निर्माण गर्ने लक्ष्य राखिएको बताए । भीम रावलको संयोजकत्वमा गठित कार्यदलले जनताका सुझावबारे सहमति र असहमतिका विषय छुट्याएर दिएको प्रतिवेदनमाथि शनिबार दिनभरीजसो शीर्ष नेताहरु सम्मिलित विशेष समितिका छलफल भएको थियो । उनीहरुको छलफल निस्कर्षमा नपुगेकाले संवाद समितिको अर्को बैठक आईतबार डाक्ने औपचारिकतमा सिमित भएको हो । शीर्ष नेताहरुबीच प्रदेशको सिमाङ्ककन, नागरिकता, धर्मनिरपेक्षता, मौलिक अधिकार लगायतका विषयमा केन्द्रीत छ । सर्वसाधारणले ती विषयमा प्रस्तावित मस्यौदाको प्रावधान विपरितका सुझाव धेरै दिएका छन् । अधिकांशले सुझावमा समावेस गरेको प्रत्यक्ष निर्वाचित कार्यकारीको विषयलाई भने नेताहरुलाई खासै महत्व दिएका छैनन् । उनीहरुले वडाध्यक्षको प्रत्यक्ष निर्वाचन सम्बन्धी ब्यवस्था गर्ने र सर्वोच्च अदालत, अख्तियारसहितका संबैधानिक निकायका सरोकार संबोधन गर्नेगरी गृहकार्य गरेका छन् । सर्वसाधारणले शासकीय स्वरुप, धर्मनिरपेक्षता र संघीयता जस्ता महत्वपूर्ण मुद्दामा प्रारम्भिक मस्यौदाको ब्यवस्था विपरितका सुझाव धेरै दिएका छन् । अधिकांश सुझाव प्रत्यक्ष निर्वाचित कार्यकारी, तराई, पहाड र हिमालको अन्योन्याश्रीत सम्बन्ध स्थापित गर्ने संघीयता, धार्मिक स्वतन्त्रता, समानता र समावेसीतका पक्षमा छन् । उनीहरुले संसदमा प्रतिनिधित्व गर्ने दलका लागि न्यूनतम मत प्रतिशतको सीमा (थ्रेसहोल्ड०, जनप्रतिनिधिका लागि न्यूनतम शैक्षिक योग्यता, कार्यकाल र अधिकतम उमेरको हद तोक्न सुझाव दिएका छन् । तर नेताहरुले जनताका यी महत्वपूर्ण सुझावलाई नेताहरुले खुद्रे विषयका रुपमा सूचीकृत गरी गम्भिरुपमा नलिएको बैठकका एक सहभागिले बताए । नेताहरुबीच सहमति जुट्ने जति विषयमा मस्यौदा परिमार्जनको प्रक्रिया अघि बढाउने र बाँकी विषयमा अनौपचारिक लछफल गर्दैजाने सहमति पनि भएको छ । प्रमुख राजनीतिक शक्तिहरुबीच मस्यौदा परिमार्जनको प्रक्रियाभन्दा पछि जुट्ने सहमतिलाई संयुक्त संसोधन मार्फत संविधान विधेयकमा समावेस गर्न सकिन्छ । संविधान विधेयमाथिको सैद्धान्तिक लछफल पछि सभासद्हरुले संसोधनका लागि समय पाउने छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै