नेभिगेशन
अन्य

‘संविधानमा धर्म, राष्ट्रियता र सीमाका विषयमा हचुवामा निर्णय नगर’

शङ्खरापुर । संविधानसभाले तयार पारेको संविधानको प्रारम्भिक मस्यौदामा सुझाव दिने अधिकांश नागरिकले धर्म, राष्ट्रियता र सीमाको विषयलाई हचुवाका भरमा संवैधानिक व्यवस्था नगर्न माग गरेका छन् । काठमाडौँको शङ्खरापुर र कागेश्वरी मनोहरा नगरपालिकामा आज आयोजित सुझाव सङ्कलन कार्यक्रममा सुझाव दिने अधिकांश नागरिकले यस्तो माग गरेका हुन् । सात वर्षमा बनाइएको संविधानको मस्यौदामा सुझाव दिन समयमा मस्यौदा उपलब्ध नभएको र तीन मिनेटमात्र समय तोकिएकामा पनि अधिकांशले आपत्ति जनाएका थिए । शङ्खरापुर नगरपालिकाको भगवती उच्चमाध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा नेकपा एमालेकी उपाध्यक्ष एवम् समानुपातिक सभासद् विद्यादेवी भण्डारी र काठमाडौँ क्षेत्र नं २ बाट निर्वाचित सभासद् दीपकप्रसाद कुइँकेलले सुझाव सङ्कलन गरेका थिए ।1437382069017_PS-Nawalparasi-maseuda सुझाव सङ्कलन अघि सङ्क्षिप्त मन्तव्य राख्दै सभासद्द्वय भण्डारी र कुइँकेलले मस्यौदाका विषयमा आफ्ना विचार खुलेर राख्न आह्वान गरेका थिए । कार्यक्रममा रमेश नापितले आइतबार मस्यौदा बाँडेर सोमबार कसरी सुझाव दिन सकिन्छ भनी प्रश्न गर्दै संविधानमा दिइएका सुझावलाई रद्दीको टोकरीमा नमिल्काउन माग गरेका थिए । कति सहभागीलाई कार्यक्रम भइरहेका बेला संविधानको मस्यौदा बाँडिएको थियो । संसद् सचिवालयबाट खटिएका शाखा अधिकृत चन्द्रप्रसाद शर्मा हिजोसम्म मस्यौदा नपाएकालाई आज बाँडिएको बताउँदै थिए । कृषि प्रधान देशमा कृषिमैत्री संविधान बनाइनुपर्ने र राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म निर्वाचित गर्ने व्यवस्था गरिनुपर्ने स्थानीय राजदास श्रेष्ठको माग थियो । आठ प्रदेशका सांसद्को लस्कर मुलुकको आर्थिक अवस्थाले धान्न नसक्ने भएकाले पाँच प्रदेशभन्दा बढी सङ्घको व्यवस्था नगर्न पनि सहभागीले माग गरेका थिए । चालक बन्न प्रवेशिका उत्तीर्णको व्यवस्था गर्ने तर सांसद् र मन्त्री भई देश चलाउनेको कुनै योग्यता नतोकिएकाले संविधानमै योग्यताको व्यवस्था गर्न माग गर्नेको सङ्ख्या पनि धेरै थियो । सहभागीले स्थानीय निकायदेखि सांसद्का उम्मेदवारसम्मको शैक्षिक योग्यता संविधानमै तोक्न माग गरेका थिए । 1437378504692_Pro_Ktm_Kabali Masaudha sankalan (1) सुझाव दिनेमध्ये प्रायः सबैले धर्मको मुद्दा उठाएका थिए । अधिकांशले नेपाललाई हिन्दू राज्य बनाइनुपर्ने बताएका थिए भने केहीले धार्मिक स्वतन्त्रताको माग गरेका थिए । नगन्यले मात्र धर्मनिरपेक्षताको पक्ष लिएका थिए । निर्वाचित हुने महिलाको सङ्ख्या ५० प्रतिशत पु¥याइनुपर्ने व्यवस्थाको माग गर्दै शोभा कार्कीले बलात्कार गर्नेलाई मृत्युदण्डको सजाय दिने प्रावधान संविधानमै राखिनुपर्ने बताएका थिए । कृषि प्रधान देशको संविधानमा संवैधानिकरुपमै कृषिलाई विशेष व्यवस्था गर्न स्थानीयवासी मानबहादुर तामाङले अनुरोध गरेका थिए । अधिकांश सहभागी संविधानसभामा सभासद्ले आफ्ना विचार राख्दै हिँड्दै गरेजस्तै विचार राखेपछि कुर्सी खाली बनाएर हिँडेका थिए । “समानुपातिक चुनाव प्रणाली निर्वाचन हार्ने नेतालाई चोरबाटोबाट मन्त्री बनाउने पद्धति भएकाले हटाइनुपर्छ” – सुझाव दिँदै कान्छा तिवारीले भने । संविधानको मस्यौदामा राष्ट्रिय पोसाकको निर्धारण नगरिएकाले त्यसको व्यवस्था गर्न माग गर्नेको सङ्ख्या पनि उल्लेख्य थियो । आफूलाई कानुनको विद्यार्थीको परिचय दिनुभएका मनोजकुमार श्रेष्ठले मस्यौदामा भएको व्यवस्था २५ प्रतिशत पनि संविधानको जस्तो नभएको दाबी गरे । कार्यक्रममा ८४ जनाले भनाइ राखेको र ३४ जनाले लिखित सुझाव दिएको नगरपालिकाका कार्यकारी प्रमुख जनक भट्टले जानकारी दिए । कार्यक्रममा सिन्धुपाल्चोक जिल्लासँग सीमा जोडिएको नगरपालिकाका पटाप र नाङ्लेभारेका सहभागीको सङ्ख्या न्यून थियो । यसैगरी काठमाडौँ निर्वाचन क्षेत्र नं ३ को आलापोटमा भएको सुझाव सङ्कलनमा पनि लिखित र मौखिक गरी ११८ जना सहभागीले संविधानको मस्यौदामाथि आफ्ना विचार राखेका छन् । यस कार्यक्रममा पनि अधिकांश सहभागीले राष्ट्रियता, धर्म र सीमाको विषयमा संविधानमा व्यवस्था गर्न माग गरेका थिए ।1437387580748_BO-KTM-DPM-Singh कार्यक्रममा सहभागीभन्दा बढी सुरक्षाकर्मी खटाउने सरकारले सीमामा सुरक्षाकर्मी राख्न नसकेको बताउँदै स्थानीयवासी रामकृष्ण खड्काले संविधानमा नेपालको सीमा र क्षेत्रफल उल्लेख गर्न माग गरे । धर्मनिरपेक्षताका आडमा हुनसक्ने धर्मान्तरण रोक्न संवैधानिक रुपमै व्यवस्था गरिनुपर्ने भद्रवासका मणिराम थापाले बताए । आलापोटको कार्यक्रममा ९० वर्षीय वृद्ध बोधनाथ फुयाँल पनि सुझाव दिन उपस्थित हुनुभएकामा गलाका कारण सुझाव राख्न सक्नुभएन । सहभागीले प्रत्येक सरकारी निजी कार्यालयमा कार्यालय समय सुरु हुनेबित्तिकै राष्ट्रिय गान गाउने व्यवस्था संवैधानिकरुपमै गर्न पनि माग गरेका थिए । कार्यक्रममा समानुपातिक सभासद् अम्बिका बस्नेत र निर्वाचित सभासद् रामेश्वर फुयाँलले नागरिकका सुझाव सङ्कलन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै सभासद् फुयाँलले जनताको सुझावका आधारमा साउन मसान्तसम्म संविधान घोषणा गरिने प्रतिबद्धता जनाए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै