नेभिगेशन
अन्य

कृषिमा २६, सडकलाई ५४ र जलबिद्युतमा ४५, शिक्षामा ९८ अर्ब

काठमाडौं । आगामी आर्थिक वर्षका लागि ८ खर्ब ८ अर्ब १९ करोडको बजेट पारित गरेको छ । अर्थमन्त्री रामशरण महतले पेश गरेको बजेट मा कृषि क्षेत्रका लागि २६ अर्ब छुट्याइएको छ भने सडक निर्माणमा ५४ अर्ब छुट्याइएको छ । जलविद्युत्मा ४५ अर्ब छुट्याइएको छ । यो वर्ष १९ सय ४२ किलोमिटर नयाँ सडक, ७ सय ९५ किलोमिटर कालोपत्रे सडक र १ सय ७० वटा पुल बनाउने घोषणा गरिएको छ । यस्तै शिक्षा क्षेत्रमा सबभन्दा बढी ९८ अर्ब ६४ करोड छुट्याइएको छ । काठमाडौं उपत्यकाका मूल सडकमा ४० सिटभन्दा कम सिटका गाडी नयाँ दर्ता नगरिने घोषणा गरिएको छ । हाल चलिरहेका साना सवारी साधन सहायक सडकमा मात्रै चलाउनुपर्ने व्यवस्था गरिएको छ । भूकम्पपछिको पुनर्निमाणलाई उनले प्राथमिकतामा राखेका छन् । यसका लागि दुरसंचारमा १ प्रतिशत कर लगाउने लगायतका कार्यक्रम उनले घोषणा गरेका छन् । निर्माण व्यवसायीका कारण पनि विकास खर्च पुरै खर्च हुन नसकेको भन्दै निर्माण व्यवसायीलाई जवाफदेहि बनाउने पनि उनले बताएका छन् । राजधानी जोडने वैकल्पिक मार्ग बनाउने, उच्च आर्थिक वृद्धि हासिल गर्ने, सबैलाई खानेपानी सुविधा पुर्‍याइने र मेलम्चीको पानी नआइपुगिञ्जेल काठमाडौंमा समय तालिका बनाएर ट्याङकरबाट पानी बाँड्नेजस्ता केही लोकप्रिय कार्यक्रम पनि उनले घोषणा गरेका छन् । तोकिएको समयमा पानी नबाड्ने कार्यालयको हाकिमलाई कारबाही गर्ने पनि उनले घोषणा गरेका छन् । स्थानिय निकायमा पनि उनले केही नयाँ कार्यक्रम ल्याएका छन् । गाविसहरुलाई गाभिन प्रोत्साहन गरिएको छ । यसका लागि उनले दुईदेखि ५ वटासम्म गाविस गाभिएमा ५० लाखदेखि अढाई करोडसम्म अनुदान दिने घोषणा गरेका छन् । ५ बर्षभित्र पुर्ननिर्माण गर्ने अठोट व्यक्त गर्दै महतले त्यसका लागि पहिलो चरणमा ६ खर्ब ६६ अर्ब छुट्याएका छन् । पुर्ननिर्माण ऋणपत्र जारि गरिने र ७४ अर्बको पुर्ननिर्माण कोष बनाउने पनि उनले घोषणा गरेका छन् । यसमध्ये आवासमा ५० अर्ब, उत्पादनमा ६ अर्ब र सामाजिक क्षेत्र ६ अर्ब छुट्याइएको छ । पुर्ननिर्माण प्राधिकरणले काम नगरेसम्म बिषयगत मन्त्रालयबाट काम हुने व्यवस्था उनले गरेका छन् । कोषबाट हुने बाहेक थप १७ अर्ब अन्य निकायबाट खर्च गरिने व्यवस्था बजेट मा मिलाइएको छ । घर पूर्ण रुपमा क्षति भएका भूकम्प पीडितले सरकारले तोकेको मापदण्ड अनुसार आफैले घर बनाउने हो भने सरकारले २ लाख सम्मको अनुदा सहयोग गर्ने घोषणा उनले गरेका छन् । भूकम्प प्रभावित जिल्लाका ५० हजार युवालाई सिममूलक तालिम दिइने पनि बजेट मा उल्लेख गरिएको छ । विदेशी लगानी ल्याउनक लागि ऐनमा सुधार गरिने, विदेशीलाई अपार्टमेन्ट किन्न सहज बनाइने घोषणा उनले गरेका छन् । अर्को वर्ष लगानी सम्मेलन गर्ने पनि उनले घोषणा गरेका छन् । पुर्वाधार बिकास बैंक स्थापना गर्ने प्रारम्भिक काम गरिने छ । एनआइडिसी र जलविद्युत कम्पनीको पुर्नसंरचना गर्ने बताउँदै उनले १५ प्रतिशत बढी मूल्य परेपनि सरकारी निकायले स्वदेशी सामान किन्नुपर्ने व्यवस्था गरिएको छ । तरार्इमा १० सुविधासम्पन्न सहर बनाइने । रामेछापको ठोसेमा फलाम खानीको संभाव्यता अध्ययन गरिने । विमानस्थल पुर्ननिर्माण र सुधार गर्न ५ अर्ब छुट्याएका छन् भने तराइ मधेशमा १० वटा सुविधासम्पन्न सहर बनाइने घोषणा गरेका छन् । यी सहरहरुमा ६ लेनको व्यापारिक बाटो बनाइने, नेपालगञ्जमा चक्रपथ बनाइने घोषणा गरिन बजेट ले गरेको छ । फास्ट ट्रयाकलाई १ अर्ब तथा भैरहवामा निर्माणाधीन विमानस्थलका लागि २ अर्ब ५० करोड विनियोजन गरिएको छ । भुकम्प प्रभावित क्षेत्रमा एकिकृत वस्ती गुरुयोजना २५ करोड विनियोजन गरिएको छ भने हुम्ला र डोल्पालाई सडकले जोड्ने कार्यक्रम घोषणा गरिएको छ । निर्वाचन क्षेत्र कार्यक्रम अन्तर्गत डेढ करोड र सबैलाई २० लाख दिएर अर्थमन्त्रीको सभासद् रिझाउने प्रयास गरेका छन् । नयाँ नगरपालिकालाई निशर्त १ करोड पँुजीगत अनुदान दिने कार्यक्रम उनले घोषणा गरेका छन् । काठमाडौ, निजगढ र लुम्बिनीमा एक एक वटा स्मार्ट सिटि बनाउने र संघीयताको परिप्रेक्ष्यमा काठमाडांै शहरलाई राष्ट्रिय राजधानी शहरका रुपमा बिकास गर्ने घोषणा गरिएको छ । काठमाडौं उपत्यकामा ४ सय सार्वजनिक शौचालय बनाइने पनि उनले घोषणा गरेका छन् । मन्त्रिपरिषदबाट पारित भएको बजेट वक्तव्य केहीबेरमा अर्थमन्त्रीले व्यवस्थापिका संसदको बैठकमा प्रस्तुत गरिरहेका छन् । भूकम्पको विनासलाई सम्झिएर अर्थमन्त्रीले आफ्नो बजेट भाषण सुरु गरेका छन् । १३ योजना र नेपाल सरकारको नीति तथा कार्यक्रमलाई आधार बनाएको अर्थमन्त्रीले बताएका छन् । आठौं पटक वजेट भाषण गरेको अथमन्त्रीको बजेटको ८५ प्रतिशत मात्र खर्च हुने अनुमान । यस बर्ष हुने भनिएको ३ प्रतिशतमात्रको आर्थिक वृद्धिदर ८ बर्षकै न्युन हुने । लक्ष्यको ९३ प्रतिशत मात्र राजश्व उठ्ने संशोधित अनुमान । ११ महिनामा ८ अर्ब ९ अर्ब बराबरको विदेशी विनिमय संचितिमा छ ।भूकम्पपछि पनि नेप्से सूचंकाक ९ सयभन्दा माथि रहेको छ। सरकारले तयार पारेको बजेट विगतको भन्दा ठूलो आकारको भए पनि साधारणतर्फको खर्च अधीक छुट्याइएको छ । साधारण तर्फको खर्च ४ खर्ब ८४ अर्ब २६ करोड छुट्याइएको छ । यो पुँजीगततर्फ २ खर्ब ८ अर्ब ८७ रुपैयाँ छुट्याइएको छ । यो रकम भनेको कुल बजेटको २५.८४ प्रतिशत हो । १.२४ प्रतिशत वित्तीय व्यवस्थापन खर्च छुट्याइएको छ । तीन खर्ब ९३ अर्ब राजश्व संकलन हुने अनुमान गरिएको छ । जुन रकम लक्ष्यको ९३ प्रतिशत हुन आउँछ ।२५ बर्षमा नेपालीको आयु सरदर आयु १६ बर्षले बृद्दि भएको छ।उच्च व्यापाराट घाटा कम गर्न कृषि उत्पादनको बृद्धि गर्ने चुनौति । विपदसँग जुध्न सक्ने क्षमता र पुनर्निर्माणका साथै सरकारप्रति नागरिकको विश्वास अभिवृद्धि गर्ने सरकारको लक्ष्य छ । समाजिक सेवामा बढेको हातलाई पुनर्निर्माणमा पनि प्रोत्साहन गरिनेछ । नवनिर्माणलाई ब्यापक बनाएर रोजगारी बढाएर आर्थिक बृद्धिदर हासिल गर्ने । भूकम्पले गरिबीको दर केही बढ्ने देखिए पनि सरकारले आयस्तरमा कमी आउन नदिने खालका कार्यक्रम ल्याउँदैछ। सरकारले पुनर्निमाणलाई पहिलो प्राथमिकतामा राखेको छ । दोस्रो प्राथमिकतामा शिक्षालाई राखिएको छ, जसमा १ खर्ब बजेट छुट्याइएको छ । भूकम्पले गरिबी बढ्ने अनुमान गरिए पनि एक चौथाइ भन्दा कम जनसंख्या मात्र गरिबीको रेखामुनी । बाल मृत्यु दर र मातृ मृत्यु दर घटेको छ। सरदर आयु बढेको छ। आर्थिक वृद्धिदर ३।०४ प्रतिशतमा सीमित । मुद्रा स्फिति ७.७ प्रतिशत । तीन खर्ब ९३ अर्ब राजश्व संकलन हुने अनुमान गरिएको छ । जुन रकम लक्ष्यको ९३ प्रतिशत हुन आउँछ ।२५ बर्षमा नेपालीको आयु सरदर आयु १६ बर्षले बृद्दि भएको छ।उच्च व्यापाराट घाटा कम गर्न कृषि उत्पादनको बृद्धि गर्ने चुनौति । विपदसँग जुध्न सक्ने क्षमता र पुनर्निर्माणका साथै सरकारप्रति नागरिकको विश्वास अभिवृद्धि गर्ने सरकारको लक्ष्य छ । समाजिक सेवामा बढेको हातलाई पुनर्निर्माणमा पनि प्रोत्साहन गरिनेछ । नवनिर्माणलाई ब्यापक बनाएर रोजगारी बढाएर आर्थिक बृद्धिदर हासिल गर्ने । भूकम्पले गरिबीको दर केही बढ्ने देखिए पनि सरकारले आयस्तरमा कमी आउन नदिने खालका कार्यक्रम ल्याउँदैछ। मन्त्रिपरिषदको भर्खरै सम्बन्न बैठकले सरकारले प्रत्येक निर्वाचन क्षेत्रलाई दिँदै आएको १ करोड रुपैयाँ आगामी आर्थिक वर्षदेखि बढाउने निर्णय गरेको छ । त्यस्तै प्रत्येक सभासदले पाउने १५ लाख रुपैयाँको सिलिङ समेत बढाइएको छ । सभासदहरुले निर्वाचन क्षत्रेका लागि पाँच करोड माग्दै आएकोमा १ करोड ५० लाख रुपैयाँ पाउने भएका छन् । चालु आर्थिक वर्षमा उनीहरुले १ करोड पाएका थिए । त्यस्तै प्रत्येक सांसदले चालु आर्थिक वर्षमा १५ लाख रुपैयाँ निर्वाचन क्षेत्र विकासका लागि पाउँदै आएकोमा अब पाँच लाख थपेर २० लाख पाउने भएका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै